७ आश्विन २०८१ सोमबार
image/svg+xml

मरिच तस्करी र भारुको कालोबजारी

सीमावर्ती क्षेत्रमा मरिचको तस्करीसँग जोडिएर भारतीय मुद्राको अवैध सटही गर्ने दोहोरो धन्दाको सन्जाल यतिखेर मौलाएको छ । कुनै बेला नेपाललाई चाहिनेभन्दा बढी सुपारी आयात गरी भारततर्फ अवैध निकासी गर्ने सन्जाल अब मरिच तस्करीतिर मोडिएको छ । अमेरिकी डलरमा भुक्तानी गरेर तेस्रो मुलुकबाट आयात गरिएको मरिच अवैध रुपमा भारत निकासी गर्दा त्यसबाट आउने भारतीय मुद्रा ल्याई त्यसको कालोबारी पनि सँगसँगै भएपछि यो सन्जाल बढी संगठित किसिमको हुन पुगेको छ ।

ढुंगा तस्करीले ठूला आयोजनाको काम प्रभावित

बढ्दो ढुंगा निकासीले कैलालीमा सञ्चालित विकास निर्माणका काममा प्रभाव परेको छ। जिल्लामा सञ्चालित सबैजसो सानाठूला विकास निर्माणका काममा ढुंगा अभाव हुन थालेको छ।

तस्करी रोक्न डिएनए बारकोडिङ

उच्च हिमाली भेगमा पाइने बहुमूल्य जडीबुटी तस्करी भएर भारत र तिब्बत पुग्ने गरेको सुनिएको छ । वन्यजन्तु र जडिबुटीमात्र होइन, माटो पनि ज्यादै महत्वपूर्ण प्राकृतिक स्रोत हो । तर हाल जलवायु परिवर्तन, बढ्दो प्रयोग र गलत व्यवस्थापनका कारण माटो पनि संकटमा परेको देखिन्छ । माटो परीक्षण गरेर पुरातत्वविद्ले इतिहास मात्र केलाउन सक्ने होइन, यसबाट औषधीजन्य पदार्थ पनि निकाल्न सकिन्छ । हाल विश्वमा पाइने करिब दुई तिहाइ एन्टिबायोटिक्स यिनै माटोबाट निकालिएका ब्याक्टेरियाबाट उत्पादन गरिएको हो ।

प्रहरीसँगको सेटिङमा तस्करी

‘प्रहरी मिलेपछि जे पनि सम्भव छ,’ सिरहाको दक्षिणवर्ती गाउँमा अचेल यो भनाइ चर्चित छ । भारतीय सीमा नाकाबाट बेरोकटोक तस्करले बिनाभन्सार सामान भित्र्याइरहँदा प्रहरी चुपचाप बसको पाइएपछि सर्वसाधारणले यस्तो धारणा व्यक्त गरेका हुन् ।

सुन तस्करी आरोपमा शालिमार ज्वेलर्सका सञ्चालक पक्राउ

सुन तस्करी आरोपमा शालिमार ज्वेलर्सका सञ्चालकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले पक्राउ गरेको छ।

डलर तस्करी आरोपित पाइलट फेरि तालिममा विदेश जाँदै

सरकारले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई तालिमका लागि सिंगापुर पठाउन अनुमति दिएको छ ।

सिराहाका छोटी नाकाबाट सेटिङमा तस्करी

कुनै बेला सिरहामा अँध्यारोको आड लिएर तस्करले भारतबाट नेपालमा विना भन्सार सामान भित्र्याउँथे । समयसँगै अहिले तस्करीको तरिका पनि फेरिएको छ । पछिल्लो समय तस्करहरु दिउँसै भन्सार नतिरी सामान सहरमा भित्र्याउँछन् र पसल–पसलमा पुर्‍याउँछन् । कानुन पालना गर्न भन्सारमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले नदेखेको जस्तो गर्छन् ।

८८ किलो सुन तस्करीका नाइके समानुपातिकको टिकट लिन आउँदा पक्राउ

ठमेलमा फेला परेको तस्करीको ८८ किलो सुनको लगानीकर्तामध्येका मानबहादुर तामाङ पक्राउ परेका छन् । नेपाली कांग्रेसको समानुपातिकतर्फको टिकट लिन काठमाडौं आएका बेला उनी पक्राउ परेका हुन्।

काँग्रेस समानुपातिक सूचीमा रहेका तामाङ ८८ केजी सुन तस्करी प्रकरणमा पक्राउ

नेपाली काँग्रेसको प्रदेश सभातर्फ समानुपातिकको सूचीमा परेका मानबहादुर तामाङ ८८ केजी सुन तस्करी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका छन्। नेपाल—चीन केरूङ व्यापार संघका अध्यक्ष उनी रसुवा निवासी हुन्। छोटो समयमै अकुत सम्पत्ति आर्जन गरेका उनी केही समययता प्रहरी निगरानीमा थिए।

सुन तस्करीको पैसा होटलदेखि बैंकसम्म लगानी

भोटेकोसी गाउँपालिकामा चुनाव जितेपछि अन्य उम्मेदवार खुसी थिए तर अध्यक्षमा विजयी राजकुमार पौडेल त्यत्ति खुसी थिएनन् किनकि उनलाई व्यवसाय बिग्रने चिन्ता थियो । उनी समकक्षी व्यापारीसँग गुनासो गर्थे, ‘चुनाव त जितियो, तर व्यवसाय चौपट हुने भयो ।’

सुन व्यवसायी नै तस्करीमा

सुनको वैध कारोबार गर्न सरकारसँग अनुमति लिएर गहना व्यवसायमा संलग्न व्यवसायी नै सुन तस्करीमा संलग्न देखिएका छन् । वैध सुनको बजार मूल्यभन्दा सस्तो पाउँदा बजारमा तस्करीको सुन फैलाउनमात्रै हैन केही सुन व्यवसायी प्रत्यक्ष रूपमा आफैं तस्करीमा संलग्न रहेको अभियोगमा अदालतमा अझै मुद्दा खेपिरहेका छन् ।

‘चुनाव खर्च जुटाउन’ सुन तस्करी

सरकार स्थानीय तहको निर्वाचन मिति घोषणाको गृहकार्यमा सक्रिय रहेका बेला राजधानीमा तस्करीको सुन बरामद हुने क्रम ह्वात्तै बढ्यो । लामो समयदेखि निर्वाचन चर्चामै समेटिएको थियो । गत पुसमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता निर्वाचनका लागि सहमत भएसँगै मिति घोषणाको गृहकार्य सुरु भयो ।

रक्तचन्दन तस्कर नै सुन तस्करीमा

विगतमा खासा नाका भएर रक्तचन्दन तस्कर गर्दै आएको समूह पछिल्ला दिनमा रसुवाको केरुङ नाकाबाट सुन तस्करीमा सक्रिय हुन थालेको छ । काठमाडौंमा गत सोमबार बरामद ८८ किलो सुनको अनुसन्धान गर्दाे चीन र नेपालमा रहेको पुरानै तस्कर समूह केरुङ नाका हुँदै सुन भिœयाउन सक्रिय देखिएको प्रहरीले जनाएको छ ।

सुन तस्करीमा ६ गाडी, पहिचान गर्न विशेष चिह्न

८८ किलो सुन फेला परेको बा १७ च ६४२७ नम्बरको गाडीको देब्रेतिर सुनको जलप लगाएको विशेष चिह्न थियो, जसमा अंग्रेजीमा लेखिएको थियो भिआइपी ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्