७ आश्विन २०८१ सोमबार
image/svg+xml

सिरहाबाट चिनियाँ स्याउ तस्करी बढ्यो

सिरहाबाट चिनियाँ स्याउको तस्करी बढेको छ। सुरक्षाकर्मी भन्सार कर्मचारी लगायतकै मिलेमतोमा यहाँबाट स्याउ तस्करी हुने गरेको पाइएको छ।

३३ किलाे सुन तस्करीमा पूर्व डिआइजी निरौला पक्राउ

गृह मन्त्रालयले साढे ३३ किलोग्राम सुनको अनुसन्धानका लागि नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द निरौलालाई पक्राउ गरेको छ।

भन्सार छलेर सुनका गहना तस्करी गर्ने पक्राउ

बैदेशिक रोजगारीको शिलसिलामा कतारबाट फर्किएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गर गहनाहरु तस्करी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सीमामा हुने तस्करी रोक्न प्रहरीको कडाई

भारतबाट बाराको नाका हुँदै रौतहटतिर हुने तस्करीलाई रोक्न भन्सार कार्यालय गौर र सशस्त्र प्रहरी बल रौतहटको सक्रियता बढेको छ। रौतहटको नाकाहरुबाट भारतीय सामानको तस्करी लगभग ठप्प रहेको अवस्थामा भारतीय तस्करहरुले बाराको नाका हुँदै रौतहटमा तस्करीको सामान पुर्‍याउन थालेको पाइएको छ।

काठ तस्करी गर्ने वडा अध्यक्ष पक्राउ

काठतस्करी मुद्दामा दोषी ठहरिएका डुडुवा गाउँपालिका ४ का वडाअध्यक्ष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले शनिबार दिउँसो ३ बजे वडाअध्यक्ष सगिर खाँलाई पक्राउ गरेको हो।

सामान बनाएर दिल्लीबाट काठमाडौंमा रक्तचन्दन तस्करी

दिल्ली- काठमाडौं रुटमा चल्ने टुरिष्ट बसबाट प्रहरीले रक्तचन्दन बरामद गरेको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीले दिल्लीबाट काठमाडौं आउँदै गरेको ना ४ ख ४५१६ नम्बरको बसबाट रक्तचन्दनबाट बनाइएका सामान बरामद गरेको हो।

बाराको नाका हुँदै रौतहटमा तस्करी,

रौतहट प्रहरीले नेपाल भारत सीमावर्ती नाकामा कडाई गरेपछि बाराको नाका हुँदै रौतहट तर्फ तस्करी फस्टाएको पाइएको छ। मंगलबार बिहान सशस्त्र प्रहरीको टोलीले ठूलो परिमाणमा तस्करीको माल समान बरामद गरेपछि रहस्य सार्वजनिक भएको हो।

भारतमा पेट्रोलियम पदार्थ तस्करी

नेपाल आयल निगमको विराटनगर डिपोबाट मिलन आयल सेन्टर सुनसरी झुम्काका लागि डिजेल लिएर गएको ना २ ख ४३५२ नम्बरको ट्यांकरले गत बिहीबार पम्पमा डिजेल नछाडी भारत लगेर डिजेल बेच्यो।

सेटिङ मिलाएर तस्करी गर्न खोज्ने भारतीय पक्राउ

सेटिङ मिलाएर सीमापारिबाट नेपालमा मालसामान भित्रयाउन खोज्ने एक जना भारतीय नागरिक आइतबार पक्राउ परेका छन्। भारत अररीया जिल्ला बासमतिया पञ्चायत वडा नं. ४ का ४९ बर्षीय विद्यानन्द साह जिल्ला प्रहरी कार्यालय सुनसरीबाट पक्राउ परेका हुन्।

गृहमन्त्रीकै आडमा तस्करी

जनप्रतिनिधिकै सक्रियतामा ललितपुरको गोदावरी नगरपालिका–८ डुकुछापस्थित बागमती नदीको किनार कटान गरेर धमाधम बालुवा निकासी भइरहेको छ। उक्त वडाका वडाध्यक्ष सुकबहादुर लामा, स्थानीय दिनेश लामा, सञ्जीव अधिकारीलगायतको टोलीले नदीको बहाव फर्काएर अवैध रुपमा बालुवा तस्करी गरिरहेको हो।

सेटिङको तस्करी नियन्त्रणमा स्थानीय उत्रिए

सीमानाकामा हुने गरेको तस्करी नियन्त्रणमा यहाँका स्थानीयले सक्रियता देखाएका छन् । तस्करी रोक्न सरोकारवालाले चासो नदेखाएको भन्दै धनगढी उपमहानगरपालिका– २ का स्थानीय यसको नियन्त्रणमा जुटेका हुन्।

भारततर्फ पेट्रोलियम पदार्थको व्यापक ‘तस्करी’

नेपालगन्जको सुर्खेतरोडस्थित ‘कुसुम फिलिङ’ पम्पमा मंगलबार बिहान युपी २७ टी ३५९४ नम्बरको भारतीय ट्रकले चार सय लिटर डिजल हालेर ट्यांकी फुल गरी सीमा पार गर्यो ।

‘भन्सार कर्मचारी र प्रहरीकै सहयोगमा’ तस्करी

नेपालगन्ज भन्सारबाट सामान ‘कर्मचारी र सुरक्षाकर्मीकै सहयोगमा’ तस्करी हुने गरेको तथ्य खुलेको छ। कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा तस्करहरुले खुलेआम भारतबाट सामान तस्करी गर्ने गरेको पाइएको हो। भारतबाट चामलको बोरामा हालेर चिनी तस्करी गरी ल्याउँदै गरेको अवस्थामा दुई महिला पक्राउ परेपछि उनीहरूको बयानबाट यस्तो तथ्य बाहिर आएको हो।

सुरक्षाकर्मीको सेटिङमा प्रतिबन्धित भारतीय कुखुरा तस्करी

‘सुरक्षाकर्मी आ प्रशासन मिलला पर सब किछ सम्भव छै (सुरक्षाकर्मी र प्रशासन मिलाएर जे गर्दा पनि सम्भव छ )। सीमाक्षेत्रका नागरिकमाझ अचेल यो भनाइ लोकप्रिय बनेको छ । जसको कारण हो सुरक्षाकर्मीकै उपस्थिति रहेको सीमानाकाबाट प्रतिबन्धित भारतीय कुखुरा तस्करले सहजरुपमा भित्र्याउनु।

सुरक्षाकर्मीको सेटिङमा प्रतिबन्धित कुखुरा तस्करी

‘सुरक्षाकर्मी आ प्रशासन मिलला पर सब किछ सम्भव छै (सुरक्षाकर्मी र प्रसाशन मिलाएर जे गर्दा पनि सम्भव छ)’ सीमाक्षेत्रका नागरिकमाझ अचेल यो भनाई लोकप्रिय बनेको छ। जसको कारण हो सुरक्षाकर्मीकै उपस्थिति रहेको सीमानाकाबाट प्रतिबन्धित भारतीय कुखुरा तस्करले बेरोक भित्र्याउनु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्