७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

भन्सार छलेर सुनका गहना तस्करी गर्ने पक्राउ

काठमाडौँ- बैदेशिक रोजगारीको शिलसिलामा कतारबाट फर्किएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गर गहनाहरु तस्करी  गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा काठमाडौँ महानगरपालिका–१७ ठहिटी बस्ने ३६ बर्षीय रतनलाल श्रेष्ठ, काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने उदयपुर त्रियुगा नगरपालिका–१६ घर भएका २२ बर्षीया लिलाकुमारी श्रेष्ठ र सिराहा लहान नगरपालिका–१५ बस्ने २० बर्षीय इन्द्र सदे रहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गर गहनाहरु मोटरसाइकलमा राखी लैजाँदै गरेको सूचना प्राप्त भएपछि महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले मंगलबार कोटेश्वर चोक नजिक चेकप्वाईन्टमा राखी सवारी साधनहरु चेक गर्दा स.२प ४०२८ नम्बरको पल्सर मोटरसाइकलमा २ जनाले सुन जस्तो देखीने ५० ग्रामको ४ वटा चुरा र तत्काल मोटरसाइकलमा सवार व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको साथबाट ५० ग्रामको १ वटा चुरा  गरी ५ वटाको २ सय ५० ग्राम बरामद भएको थियो ।

उनीहरुलाई प्रहरीले आवश्यक कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुरमा पठाएको छ।

 

प्रकाशित: ५ वैशाख २०७५ ०८:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App