६ आश्विन २०८१ आइतबार
image/svg+xml

सुन तस्करीमा मुछिएका एसएसपी लोहनीसहित ३ अधिकारीको निलम्बन फुकुवा

३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवस लोहनी र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनालको निलम्बन फुकुवा गरिएको छ। सुन तस्करी प्रकरणको छानविनका क्रममा नियन्त्रणमा समेत परेका लोहनी र खनाललाई उच्च अदालत विराटनगरले केही दिनअघि साधारण तारेखमा रिहा गरेको थियो।

तेल ट्यांकरमा गाँजा तस्करी

तेल बोकर ल्याउने टयांकरको डब्बाभित्र राखेर भारततर्फ गाँजा तस्करी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

चुरे क्षेत्रबाट ब्यापक ढुंगा तस्करी

कैलालीको चुरे क्षेत्रबाट ब्यापक मात्रामा ढुंगा तस्करी भइरहेको छ। दिनहुँ सयौं ट्याक्टरले वातावरणीय दृष्टिकोणले महत्वपूर्ण चुरे क्षेत्रबाट ढुंगा तस्करी गरिरहेका छन्। कतिपय ठाउँमा ढुंगा उत्खननमा स्काभेटरको समेत प्रयोग भएको पाइएको छ।

एक किलो सुन तस्करी गरेवाफत ५० हजार कमाई

सरकारले साढे ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा नपु-याई अनुसन्धान स्थगित गरेका बेला तस्करी अझै रोकिएको छैन। प्रहरीले बेला बेला सुन बरामद गर्दै आएको छ। यसै क्रममा सोमबार राजधानीको टोखाबाट दुई जनालाई ३ किलो सुनसहित प्रहरीले नियन्त्रणमा लिएकाे छ।

१७ लाख ५० हजार मूल्य बराबरको तस्करीका सामान वरामद

जलेश्वर भन्सार कार्यालय मलिवाडा महोत्तरीले आइतबार भन्सार छलि गरेर नेपाल भित्र्याइएको १७ लाख ५० हजार मूल्य बराबरका तस्करीको सामान बरामद गरेको छ।

सुन तस्करी प्रकरण : एसपी खनाललाई रिहा गर्न आदेश

उच्च अदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। मंगलबार न्यायाधीश नगेन्द्रलाल कर्ण र थिरबहादुर कार्कीको संयुक्त इजलासले जिल्ला अदालतको निर्णय उल्ट्याउँदै खनाललाई छाड्ने आदेश दिएको हो।

अख्तियारले प्रहरी पक्राउ गरेपछि महानिरीक्षक रुष्ट

बालुवा तस्करीसँग मिलेमतो गरेको आरोपमा शनिबार दिउँसो कोटेश्वर र काँडाघारी प्रहरी प्रभागका ९ प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जुनियरहरुलाई झपारेका छन्।

एसएसपी लोहनीलाई साधारण तारेखमा रिहा गर्न आदेश

उच्च अदालत विराटनगरले ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवस लोहनीलाई रिहा गर्न आदेश दिएको छ। शुक्रबार न्यायाधीश नागेन्द्रलाभ कर्ण र शारङ्गा सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत मोरङको आदेश उल्ट्याउँदै लोहनीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।

नेपालबाट भारतमा पेट्रोलियम पदार्थको अनाधिकृत विक्री

नेपालका पेट्रोल पम्पबाट पेट्रोलियम पदार्थको अवैधानिक रुपमा चोरी हुने गरेको तथ्य फेला परेको छ। रुपन्देहीका सीमा क्षेत्रका पेट्रोल पम्पबाट भारतीय गाडीमार्फत पेट्रोलियम पदार्थ अनाधिकृत रुपमा विक्री भएको सूचनाका आधारमा प्रशासनले अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो।

थप छानबिन सिआइबीलाई दिन सिफारिस

चर्चित ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा गठित अनुसन्धान टोलीले त्यसको थप अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई दिनुपर्ने सुझाव दिएको छ।

३३ किलो सुन तस्करी प्रकरण : प्रधानमन्त्री कार्यालयमै थन्कियो प्रतिवेदन

बहुचर्चित ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको अनुसन्धान राजनीतिक दबाबमा रोकिएपछि थप अनुसन्धानको जिम्मेवारी कुनै पनि निकायले पाएका छैनन्।

बाजेको सेकुवा बन्द गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले बाजेको सेकुवाका शाखाको सिलबन्दी र ब्राण्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले बुधबार बाजेको सेकुवाका शाखाको सिलबन्दी र ब्राण्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।

‘प्ली बार्गेनिङ’ ले अनुसन्धान छरितो

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी वासुदेव पाठकलाई महिना दिनअघि एउटा सूचना आयो, ‘पूर्वी ठुलोपातल आसपासमा चितुवाको छाला गाउँबाट उठाएर राजधानी पास गर्न एउटा गिरोह सल्बलाइरहेको छ, खोजी गर्नू।’

मानव तस्करीलाई नेपालले गम्भीर रुपमा लिएको छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा‘बादल’ले मानवतस्करी, बेचविखन  र यस सम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीर रुपमा लिएको बताएका छन्।

गाँजा तस्करीको ट्रान्जिट बन्दै महोत्तरी

प्रहरी र गाँजा तस्करबीच साउन १ को मध्यराति भिडन्त भयो। एकडारा गाउँपालिका ३ अजमरपट्टी पर्सा हुँदै भारततर्फ गाँजा निकासी गर्न थालिएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्रबहादुर खडकाको नेतृत्वमा खटिएको प्रहरी टोली र तस्करबीच गोली हानाहान भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्