६ आश्विन २०८१ आइतबार
image/svg+xml

गहुँको बोरामा कपडा तस्करी

भारतको रक्सौलबाट नेपालतर्फ आइरहेको बि आर ६ एल ३८७६ नम्बरको रातो कार वीरगञ्ज भन्सारमा जाँच गर्दा गहुँको बोराभित्र करिब २ लाख मूल्य बराबरको अवैध कपडा पक्राउ गरिएको छ।

सुन तस्करी र सनम हत्याबारे तयार पारिएको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलोग्राम सुन तस्करीको छानबिनका लागि गठित समितिले सुन तस्करी र हत्याबारे तयार पारेको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको छ। गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री ओलीलाई बुझाएको हो।

३३ किलो सुन तस्करी प्रकरणको प्रतिवेदन बुझाइदै

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय छानवीन टोलीले आज आफ्नो प्रतिबेदन बुझाउने भएको छ।

मृगौला तस्करीमा संलग्न पाँच जना पक्राउ

मृगौला तस्करी गर्ने पाँच जनाको गिरोहलाई चितवन प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर ४ का ४१ वर्षिय हरि परियार भन्ने दुर्गाबहादुर दर्जी, रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का ३५ वर्षिय बिक्रम पहरी, मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ का २८ वर्षिय प्रकाश तामाङ, मोरङको साविकको बयरबन गाविस वडा नम्बर ६ का ३४ वर्षिय दिपक लिम्बु र रसुवाको उतरगया गाउँपालिका वडा नम्बर ३ का २८ वर्षिय विशाल नेपाली छन्।

किताबको प्याक जस्तै बनाएर गाँजा तस्करी

किताबको प्याकेट जस्तै बनाएर तस्करी गर्न लागिएको ७० किलो गाँगा सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरीले नियमित चेकजाचको क्रममा जितपुर ठोरी जनता रोड बाट ७० केजी गाँजा सहित दुई जनालाई पक्राउ गरेको हो।

अवैध सुन तस्करी गर्ने पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा सुन तस्कर गरेको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

३३ किलो सुन तस्करी प्रकरण : गोरेका भाइ दुबईमा पक्राउ

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेति ‘गोरे’का भाइ रमेश उप्रेती दुवइ प्रहरीको नियन्त्रणमा रहेका छन्।

३३ किलो सुन तस्करी प्रकरण, तीन जना जेल चलान

साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा पूरक अभियोग लगाइएका ७ मध्ये ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ।

सुन तस्करी पूरक अभियोगमा थुनछेक बहस

साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा थप सातजनाविरुद्ध दर्ता भएको पूरक अभियोगमा थुनछेक बहस सुरु भएको छ।

सुन तस्करी प्रकरण : उच्च तहका व्यक्ति पनि छानबिनको घेरामा

गृहमन्त्री रामबहादुर थापाले सुन तस्करी माथिको जारी छानबिनमा उच्च तहका व्यक्तिहरु पनि छानबिनको घेरमा आएको बताएका छन्।

मरिच तस्करीको आरोपमा चार जना थुनामा

राजश्व अनुसन्धान विभाग काठमाडौँले मरिच तस्करीमा संलग्न रहेको आरोपमा चारजनालाई थुनामा राखेको छ। अन्य एक व्यापारीलाई काठमाडौँ लगिएको छ।

सुन तस्करी प्रकरण : छोराको बिहे पार्टीबाट व्यापारी राजु द्वारका पक्राउ

३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा व्यापारी राजु द्वारका पक्राउ परेका छन्। सुन तस्करी अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानविन समितिले द्वारकलाई हिमालयन होटलमा छोराको बिहे पार्टी चलिरहेको बेला सोमबार साँझ पक्राउ गरेको हो।

‘अवैध बालुवा तस्करी रोक्न लगाएको छु’

एक वर्षको अवधिमा खासै नयाँ काम गर्न सकिएन । स्थानीय तह सम्बन्धी पर्याप्त कानुन अभाव, प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनले पनि केही असर पार्याे ।

ट्रकमा फल्स बटम बनाएर लागूऔषध तस्करी

रकमा फल्स बटम बनाएर लागूऔषध तस्करी गरिरहेको अबस्थामा प्रहरीले एक जनालई पक्राउ गरेको छ। भारत मोतिहारी जिल्ला, मोखीलिशपुर सेसरा-९ ग्राम झकिया टोल पूर्वीचम्पारण बिहार ठेगाना भएका भारतीय ट्रकका चालक २५ वर्षिय मेराज आलमलाई लागूऔषध चरेश २ सय १३ के.जी र २ के.जी २ सय ५० ग्राम अफिम सहित प्रहरीले शनिबार पक्राउ गरेको हो।

सुन तस्करी प्रकरण : व्यापारी प्रवीण अग्रवाल पक्राउ

साढें ३३ किलो सुन तस्करी प्रकरणमा सञ्जय खेतान बताउने व्यापारी प्रवीण अग्रवाल पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्