काठमाडौं- ट्रकमा फल्स बटम बनाएर लागूऔषध तस्करी गरिरहेको अबस्थामा प्रहरीले एक जनालई पक्राउ गरेको छ। भारत मोतिहारी जिल्ला, मोखीलिशपुर सेसरा-९ ग्राम झकिया टोल पूर्वीचम्पारण बिहार ठेगाना भएका भारतीय ट्रकका चालक २५ वर्षिय मेराज आलमलाई लागूऔषध चरेश २ सय १३ के.जी र २ के.जी २ सय ५० ग्राम अफिम सहित प्रहरीले शनिबार पक्राउ गरेको हो।
लागू औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१४ कंलकीमा उक्त नम्बरको ट्रकमा फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा उक्त लागू औषध फेला पारी चालक आलमलाई नियन्त्रणमा लिएको हो।
प्रकाशित: १० असार २०७५ ११:१५ आइतबार