मधेसी समाजमा दाइजोको सकस
केही दशक अघिसम्म मधेसमा स्वयम्बर संस्कार (स्वयं वर चुन्ने) अनुसार विवाह छिनोफानो हुन्थ्यो। राजा जनकको यो परम्परा चल्दासम्म केटीपक्षकै बोली बिक्थ्यो। केटीपक्षकै सर्तअनुरुप केटापक्ष विवाहका लागि राजी हुन्थे। तर, अहिले समय उल्टिएको छ। केटापक्षको सर्तअनुरुप केटीपक्ष विवाहका लागि बाध्य हुनुपर्ने अवस्था छ।