सुनकोशी कला–साहित्य यात्रा सम्पन्न
कवि धरणीधर कोइरालाको १ सय २६ औं जन्मजयन्तीमा आयोजना गरिएको ‘सुनकोशी सम्पदा कला साहित्य यात्रा २०७४’को समापन भएको छ । धरणीधर स्मृति पुस्तकालयले आयोजना गरेको पाँच दिने सम्पदा कला यात्राका क्रममा तयार पारिएका २४ कलाकृति सित्तलपाटी खाल्टेस्थित दीर्घ प्रदीप माध्यमिक विद्यालयमा प्रदर्शन गरिएसँगै कलायात्रा समापन भएको हो ।