९ आश्विन २०८१ बुधबार
image/svg+xml

नेता राईद्वारा २५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

दोस्रो चरणको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेकपा एमाले धनकुटाका अध्यक्षसमेत रहेका राईले जिल्ला अस्पताल धनकुटालाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेका हुन्।

प्रतिनिधिसभा विघटन स्वेच्छाचारी व्यवहार: पेशागत महासंघ

महासंघका संयोजक विश्वनाथ प्याकुरेल र सहसंयोजक मणिरत्न श्रेष्ठले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले पनि आफ्नो संवैधानिक दायित्व पूरा नगरी प्रधानमन्त्रीको लाचार छायाँ हुँदा मुलुकमा गम्भीर संकट सिर्जना गरेको बताएका हुन्।

प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै दर्ता भएका रिटमाथि सुनुवाइ भोलिदेखि

सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै दर्ता भएका रिट निवेदनमाथि बिहीबारदेखि सुनुवाइ हुने भएको छ। बुधबार बुद्ध जयन्तीका कारण सार्वजनिक बिदा भएकाले बिहीबारदेखि पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

विपक्षी दलबाट निवर्तमान सांसद्को नागरिकतासहित हस्ताक्षर सङ्कलन, भोलि रिट दायर गर्ने

प्रतिनिधिसभा विघटनको विपक्षमा उभिएका विपक्षी राजनीतिक दलका निवर्तमान सांसदले सर्वोच्च अदालतमा रिट दायरका लागि हस्ताक्षर सङ्कलन गरेका छन्।

'संविधान र संसदीय सर्वोच्चताको चीरहरण'

नागरिकहरुको एक समूहले प्रधानमन्त्री केपी ओलीबाट जेठ ७ गते गरिएको प्रतिनिधिसभाको दोस्रो विघटन पुष ५ कै पुनरावृत्ति भएको बताएको छ।

ताप्लेजुङ अस्पतालमा अक्सिजनको अभाव टार्न पहल सुरु

ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीका अनुसार ताप्लेजुङ उद्योग वाणिज्य संघले प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ र प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईलाई समेत अक्सिजन व्यवस्थापनको कार्यमा सघाउन अनुरोध गरेको छ।

प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ। साेमबारकाे बैठक सकिएपछि सभामुख अग्नि सापकोटाले वैशाख ३० गतेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

कोभिड एम्बुलेन्स व्यवस्थापन गर्न सांसद गजेन्द्रबहादुर महतको १० लाख

जुम्लाका प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले कोभिड एम्बुलेन्स व्यवस्थापनको लागि १० लाख रुपैयाँ उपलब्ध गराउने भएका छन् ।

सांसद महत राहत लिएर अग्नी पीडित गाउँमा

जुम्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महत राहत लिएर गाउँमा पुगेका छन् । उनी तिला गाउँपालिका ९ ढिपुको मुल्लीगाउँका अग्नी पीडितलाई राहत लिएर ढिपु गाउँमा पुगेका हुन् ।

सकुनिले पासा फ्याँकेजस्तो फेरि संसद् विघटन नगरौं: गिरि

सहमति नगरी चुनावमा जाँदा त्यसले नकारात्मक अवस्थाको सिर्जना हुने उनले बताए। सानो समूहले नमान्दा ०४७ सालको संविधानको विनाशको विज रोपण भएको स्मरण गर्दै उनले अहिले पनि त्यही समय आएको बताए। उनले आफू र आफ्नो अहमबाट माथि उठ्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे।

प्रतिनिधिसभाका समितिमा नाम हेरफेर

परामर्श समितिमा उमाशङ्कर अरगरिया, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, जयपुरी घर्ती, दिलेन्द्रप्रसाद बडू, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, बालकृष्ण खाँण, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, शेरबहादुर तामाङ, लालबहादुर थापा, विशाल भट्टराई र शान्ता चौधरीलाई मनोनयन गरिएको छ।

प्रतिनिधिसभा बैठकमा रोजगारीदेखि एमसिसीसम्मका विषय

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले कोभिड–१९ का कारण मुलुकको रोजगारी क्षेत्रमा परेको असरलाई कम गर्न काम गर्नुपर्ने, मिलेनियम च्यालेन्ज को–ओपरेसन (एमसिसी) लाई संसद्मा बहसमा ल्याउनपर्नेलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

थारू र मधेशी आयोगका प्रतिवेदन पेश

प्रतिनिधिसभामा ‘मधेशी र थारू आयोग आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन’ पेश गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदनसमक्ष सो प्रतिवेदन पेश गरेका हुन्।

चार सांसद पदमुक्त

नेकपा (माओवादी केन्द्र) परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्रीको सांसद पद खोसिएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको सभामुख अग्निप्रसाद सापाकोटाले जानकारी गराए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्