४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्री राहत कोषमा काँग्रेसको ५० लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नेपाली काँग्रेस पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ।

घोराही उपमहानगरपालिकाद्वारा भूकम्प पीडितका लागि १५ लाख सहयोग

घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि १५ लाख सहयोग गर्ने निर्णय गरेको छ।

भूकम्प प्रभावितलाई सहयोग गर्न परिसंघको आह्वान

शुक्रबार राति जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पका कारण भएको ठूलो जनधनको क्षतिप्रति नेपाल उद्योग परिसंघले दुःख व्यक्त गरेको छ।

भूकम्प पीडितलाई आर्थिक सहयोगको घोषणा

जाजरकोटमा आएको भूकम्पबाट प्रभावितहरूका लागि विभिन्न संस्थाले आर्थिक सहयोगको घोषणा गरेका छन्।

भूकम्प पीडितलाई पर्वतारोहण सङ्घबाट ३१ लाख सहयोग

नेपाल पर्वतारोहण सङ्घले भूकम्प पीडितलाई सहयोग पुर्‍याउने उद्देश्यले रु ३१ लाख ११ हजार एक सय ११ रुपैया सहयोग गर्ने निर्णय गरेको छ।सङ्घको आज सम्पन्न केन्द्रीय कार्यकारी बोर्ड बैठकले भूकम्पपीडितलाई सो सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।

गण्डकी प्रदेशको भूकम्पपीडितका लागि एककरोड सहयोग

शनिबार नै औषधी सहित चिकित्सकको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पठाएको गण्डकी प्रदेश सरकारले पीडितका लागि एककरोड रुपैयाँ सहयोग दिने घोषणा गरेको छ।

लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने

तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए।

भूकम्प पिडितका लागि एमाले मधेशले ३ लाख सहयोग गर्ने

जाजरकोट,रुकुम लगायतका जिल्लामा विनाशकारी भुकम्पबाट भएको जन र धनको क्षतीप्रति नेकपा एमाले मधेश प्रदेश कमिटी र सिंगो मधेश दुखी भएकाे बताएको छ।

सरकारको कोषमा नेपाली कांग्रेसका तर्फबाट पचास लाख सहयोग

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलब ४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम)लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दुखी तुल्याएको नेपाली काग्रसले जनाएको छ।

जाजरकोट भूकम्पका पीडितलाई सहयोग गर्न विश्वभरका नेपालीलाई पूर्वउपराष्ट्रपति पुनको आग्रह

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङले जाजरकोट केन्द्र विन्दु बनाएर गएको शक्तिशाली भूकम्पबाट पीडित भएकाहरुलाई सहयोग गर्न विश्वभर रहेका नेपालीहरुलाई आग्रह गरेका छन्।

शान्तिप्रक्रियाको बाँकी काममा अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुन्छ :उपमहासचिव पुन

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले शान्तिप्रक्रियाको बाँकी कामका लागि अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्