२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जाजरकोट भूकम्पका पीडितलाई सहयोग गर्न विश्वभरका नेपालीलाई पूर्वउपराष्ट्रपति पुनको आग्रह

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङले जाजरकोट केन्द्र विन्दु बनाएर गएको शक्तिशाली भूकम्पबाट पीडित भएकाहरुलाई सहयोग गर्न विश्वभर रहेका नेपालीहरुलाई आग्रह गरेका छन्।

आज विहान विज्ञप्ती जारी गर्दै पूर्वउपराष्ट्रपति पुनले भूकम्प पीडितहरुको उद्धार, राहत, पुनस्र्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरेका हुन्।

पूर्वउपराष्ट्रपति पुनले जाजरकोट भूकम्पबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुको परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले भूकम्पमा परी घाइते भएकाहरुको उद्धार र उपचारका लागि सरकारका विभिन्न निकायले देखाएको तदारुकताको प्रशंसा गरेका छन्।

उनले घाइतेहरुको उपचार, भूकम्पमा परेकाहरुको उद्धार, राहत, घर भत्किएकाहरुको उचित बसोबास र खाद्यान्नको व्यवस्था गर्न सबै तहका सरकारको ध्यानाकर्षण गराएका छन्।

पूर्वउपराष्ट्रपति पुनले नेपाल भूकम्पको उच्च जोखिममा रहेको भन्दै भूकम्पलगायत सम्भावित प्राकृतिक विपत्बाट बच्न तथा कम क्षतिका लागि पूर्वतयारीमा ध्यान दिनसमेत आग्रह गरेका छन्।

प्रकाशित: १८ कार्तिक २०८० ०७:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App