२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै

२०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरी निर्माण सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको हो।

नेपाल फिल्म क्याम्पस र न्यूयोर्क फिल्म एकेडेमीबीच सम्झौता

प्रमुख उप्रेतीले भने, ‘हाम्रा विद्यार्थीले पनि अमेरिका र युरोपका विद्यार्थीसँग सिर्जनात्मक तथा प्राविधिक हिसाबले प्रतिस्पर्धा गर्न सकुन् भन्ने उद्देश्यले हामीले यो पहल थालेका हौँ।’

तीन तहमै एकीकृत निर्वाचन सुरक्षा कक्ष सञ्चालनमा– सेना

मतदानस्थल सुरक्षा, मतदान सामग्री ढुवानी, जगेडा, हवाई गस्तीलगायत निर्वाचनसम्बन्धी सम्पूर्ण सुरक्षाका लागि करिब ७५ हजार जनशक्ति खटिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सङ्घीयता र लोकतन्त्रको मजबुती नै आवधिक निर्वाचन: मुख्यमन्त्री पोखरेल

पोखरामा शुक्रबार आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा उनले निर्वाचन भयरहित, स्वतन्त्र बनाउनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार एक भएर लाग्नुपर्ने बताएका हुन्।

निर्वाचनमा प्रेसमाथि मनोवैज्ञानिक त्रास

प्रेस काउन्सिल नेपालले कात्तिक ३ मा एउटा कार्टुन छापेको थियो– ‘कल केपी बा !’ नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले विभिन्न व्यक्तिसँग टेलिफोनमा कुराकानी गर्न आह्वान गरेपछि वरिष्ठ कार्टुनिस्ट रविन सायमिले उक्त कार्टुन बनाएका थिए।

'सर्वोच्च अदालतमा १३ वर्षदेखिका रहेको मुद्दाको भारलाई हामीले कसरी कम गर्ने?'

उनले पुराना मुद्दालाई सल्टाउनका लागि आफूले त्यसलाई स्थगितको लिष्टमा नपर्ने गरी आवश्यक व्यवस्था मिलाएको पनि बताए।

नेपाली यू–१५ महिला फुटबल टिम भोलि स्वदेश फर्कदै

अखिल नेपाल फुटबल संघ (एन्फा) ले विजेता नेपाली टिम शनिबार बेलुका नेपाल आईपुग्ने जनाएको हो।

नेपालमा उत्पादित क्यान्सरको औषधि भारतमा माग

पछिल्लो चरणमा सन् २०१२ पछि अन्तराष्ट्रिय स्तरमा पत्ता लगाइ उत्पादन सुरु भएको क्यान्सरका ट्याब्लेट औषधिहरु सबै देशहरुले उत्पादन गर्र्ने अनुमति नपाइसकेको स्थितिमा नेपाल तेस्रो विश्वको देश भएकोले प्याटेन्ट राइट शुल्क बिना नै उत्पादन अनुमति पाएको हो।

कपनस्थित खहरे खोलाको समस्या दुई वर्षभित्र समाधान हुन्छः महामन्त्री थापा

‘खहरे खोला निर्माण गर्ने प्रक्रिया अगाडि बढाइसकिएको छ, अबको दुई वर्षभित्र काम पूरा हुन्छ’, उनले भने।

आठौं संस्करणको नेपालगञ्ज म्याराथन मंसिर २४ गते हुने

आठ वर्षदेखि नियमित सञ्चालन हुँदै आएको नेपालगञ्ज म्याराथनलाई विश्व म्याराथनको सर्वोच्च निकाय एशोसिएशन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को अफिसियल क्यालेन्डरमा समावेश गरेको छ।

केपी ओली श्रीखण्ड हुन्ः परिवार दलका अध्यक्ष ढकाल

मंसिर ४ गतेको निर्वाचनमा परिवार दल र नेकपा एमाले सहितका दल बिच चुनावी एकता भएको उनले बताए। परिवार दलका केन्द्रिय अध्यक्ष ढकाल नेकपा एमालेको तर्फबाट समानुपातीक उम्मेदवार छन्। उनी सुर्य चिन्हबाट चुनाव लडेका हुन्।

राजेन्द्र लिङ्देनको मुख हरेर चुनावी सभामा आएकी छुः मनिषा कोइराला

‘म आज यहाँ राजेन्द्र लिङ्देनको मुख हेरेर उभिएकी हुँ। भष्ट्राचार गर्नु भनेको आमाको रगत खानु सरह हो भन्ने उहाँको भनाई मलाई मन परेको छ। त्यसैले पनि म यहाँ आएँ’, कोइरालाले भनिन्।

काठमाडौँ ३ मा एमालेका राई र कांग्रेसका चालिसेबीच प्रतिस्पर्धा

काठमाडौँ क्षेत्र नं ३ मा नेकपा (एमाले)को तर्फबाट कृष्णबहादुर राई र नेपाली कांग्रेसको तर्फबाट सन्तोष चालिसे उम्मेदवार छन्। राई सोही क्षेत्रबाट विसं २०७४ मा निर्वाचित भएका थिए। विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार भएका राईले चार हजार दुई सय ८५ मतान्तरले कांग्रेसका अम्बिका बस्नेतलाई पराजित गरेका थिए।

केपी ओलीकै कारण संविधान धरापमा पर्‍यो: दाहाल

उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टी एकता, संविधान र जनताप्रति इमान्दार नदेखिएको आरोप लगाए। ओलीकै कारण संविधान धरापमा परेको उनको भनाइ थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्