१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

नेपाली यू–१५ महिला फुटबल टिम भोलि स्वदेश फर्कदै

बंगलादेशमा आयोजना भएको साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलको उपाधि लिएर नेपाली फुटबल टिम भोलि स्वदेश फकिने भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले विजेता नेपाली टिम शनिबार बेलुका नेपाल आईपुग्ने जनाएको हो। नेपाली टिम बेलुका ५ः ४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने छन्।  

प्रतियाेगिताकाे पहिलो खेलमा भुटानलाई ७-० ले हराएको नेपालले दोस्रो खेलमा बंगलादेशलाई १-० ले निराश पारेको थियो। तेस्रो खेलमा नेपालले भुटानलाई १-० ले पराजित गरेको थियो भने भएकाे खेलमा बंगलादेशलाई नेपालले १-१ गाेलकाे बराबरी गरेकाे थियाे। 

चार खेलबाट तीन जित र १ बराबरीको नतिजाबाट नेपाल १० अंक जोडेर शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो। 

प्रकाशित: २५ कार्तिक २०७९ १४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App