१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'सर्वोच्च अदालतमा १३ वर्षदेखिका रहेको मुद्दाको भारलाई हामीले कसरी कम गर्ने?'

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पाँच वर्षभन्दा पुराना मुद्दालाई हेर्न छुट्टै इजलास गठन गर्ने बताएका छन्।  

नेपाल कानुन व्यवसायी परिषदले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले १३ वर्षदेखिको मुद्दाको चाङ न्यायालयमा रहेको उल्लेख गर्दै त्यसलाई सम्पादन गरेर पीडितलाई न्याय दिन सो व्यवस्था गर्न लागिएको समेत स्पष्ट पारे। उनले पुराना मुद्दालाई सल्टाउनका लागि आफूले त्यसलाई स्थगितको लिष्टमा नपर्ने गरी आवश्यक व्यवस्था मिलाएको पनि बताए। कायममुकायम प्रधानन्यायाधीश कार्कीले पुराना मुद्दाहरुलाई स्थगित नगरी प्राथमिकताका साथ अघि बढाउन कानुन व्यवसायीहरुलाई समेत आग्रह गरे। उनले भने, ‘अहिले न्यायालयको सुधारको दिशामा हामी केही न केहीप्रयासहरु अगाडि बढाईराखेका छौं। र, यो प्रयासहरु अगाडि बढाउने क्रममा अहिले हामीलाई सबैभन्दा ठूलो समस्या भनेको मुद्दाहरुको संख्या नै हो। यसले हामीलाई साह्रै थिचिराखेकै छ । धेरै पुरानापुराना १०, १२, १३ वर्षदेखिका मुद्दा हामी कहाँ सर्वोच्च अदालतमा छन । सर्वोच्च अदालतमा भएको यो भारलाई हामीले कसरी कम गर्ने ? भन्ने कुरामा हामी पनि अत्यन्तै चिन्तित छौं। न्याय नपाउने धेरैले रोदनक्रन्दन गरेर गरेर फर्कनु हुन्छ । यो खालको अवस्था हामीसँग छ। यो अवस्थालाई हामीले कसरी कम गर्न सक्छौं होला त ? भन्ने हिसावबाट अहिले हामीले पाँच वर्ष भन्दा पुराना मुद्दाहरुलाई अभियानमा राख्ने र त्यसका लागि छुट्टै इजलास गठन गर्ने व्यवस्था र त्यसमा अभियानमा परेका मुद्दाहरु चाँही स्थगितको लिष्टमा नपर्ने सुनिश्चित गर्ने कुराहरु हामीले गरेका छौं। र, त्यसमा हामीले सबै कानुन व्यवसायी मित्रहरुसँग आग्रह पनि गरेका छौं कि हाम्रो यो अभियानलाई सफल बनाई दिनका लागि यहाँहरुले पनि कम्तिमा ती पुराना मुद्दाहरुलाई स्थगित नगरी दिनुस् भन्ने हामीले आग्रह गरेका छौं। यो आग्रहलाई नेपाल बार एशोसिएशन, सर्वोच्च बार एशोसिएशन र आम कानुन व्यवसायीहरुले स्वागत गर्नु भएकै कुरा चाँही हामीलाई जानकारीमा आएको छ। र, हामी न्याय सम्पादन गर्ने कुरामा पनि सक्षमतापूर्वक बार र बेञ्च एक ठाउँमा बसेर न्याय पालिकालाई उचाईमा पु¥याउनका लागि एक साथ लागेर हिँडौं भन्ने यहाँहरुसँग आग्रह गर्न चाहन्छु। त्यसका लागि हामी सदैव तयार छाैं।’

कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायपालिकालाई उचाईमा पु¥याउनका लागि बार र बेञ्चबीच हातेमालो गरेर अघि बढनुपर्ने पनि पटकपटक दोहो¥याए। त्यसका लागि सहकार्यका साथ अघि बढन आफूहरु सदा तयार रहेको उनको भनाई थियो।

प्रकाशित: २५ कार्तिक २०७९ १४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App