६ वैशाख २०८१ बिहीबार
राजनीति

केपी ओली श्रीखण्ड हुन्ः परिवार दलका अध्यक्ष ढकाल

फोटो: पत्रकार सम्मेलनमा परिवार दलका अध्यक्ष ढकाल, महामन्त्री थापा लगायत।

नेपाल परिवार दलका केन्द्रिय अध्यक्ष एकनाथ ढकालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली राजनीतिकको श्रीखण्ड भएको बताएका छन्। शुक्रवार गृहजिल्ला गोरखा आएका उनले पत्रकार भेटघाटका क्रममा भने ‘केहीले नबुझेका हुन्, केपी नेपाली राजनीतिको श्रीखण्ड हुन्, खुर्पाको बिँड भन्दा श्रीखण्ड नै बोकेर हिड्नुपर्छ।’  

समृद्ध नेपाल, सुखी नेपालीको सपना सकार पार्न ओली नेतृत्वको सरकार आवस्यक रहेको उनले दावी गरे। मंसिर ४ गतेको निर्वाचनमा परिवार दल र नेकपा एमाले सहितका दल बिच चुनावी एकता भएको उनले बताए। परिवार दलका केन्द्रिय अध्यक्ष ढकाल नेकपा एमालेको तर्फबाट समानुपातीक उम्मेदवार छन्। उनी सुर्य चिन्हबाट चुनाव लडेका हुन्।  

राष्ट्रियताको संरक्षण, संविधानको कार्यान्वयन, शान्ति लोकतन्त्र र समृद्धि, भष्ट्राचार निवारण, शुसासन, युवा तथा रोजगार, अन्तराष्ट्रिय संम्बन्ध सुधार, बतावरण संरक्षण लगायत १५ बुँदे प्रतिवद्धता ढकालले सार्वजनीक गरेका छन्। आफु सुर्य चिन्हबाट चुनाव लडेपनि एमाले सँगको पार्टी एकताको विषयमा भने कुनै बहस नभएको उनले बताए। ‘परिवार दल कम्यूनिष्ट पार्टी हैन, निर्वाचनमा छुट्टै दर्ता छ, यसको आफ्नै सिद्धान्छ छ, चुनावी एकता भएको हो’ उनले भने। परिवार दलको देशभर एक लाख ६५ हजार मतदाता रहेको उनले बताए। गण्डकी प्रदेशमा १५ हजार मत रहेको महामन्त्री एवं गण्डकी प्रदेश संयोजक प्रकासबाबु थापाले बताए।  

गृहजिल्ला गोरखामा उनले एमालेका नेता कार्यकर्ता सँग भेटघाट सँगै निर्वाचनका विषयमा छलफल गरेका थिए। चुनावी अभियानका क्रममा देश दौडाहामा रहेका परिवार दलका अध्यक्ष ढकाल शुक्रवार गोरखाको चुनावी भेटघाट सकेर गण्डकी प्रदेशको राजधानी पोखरा लागेका छन्। कार्यकर्ताहरुलाई यसपालिका सुर्यमा भोट हाल्न अनुरोध गर्दै मतदाता भेटघाट अभियान देशब्यापी संचालन गरिएको प्रकाशाबाबु थापाले बताए।  

प्रकाशित: २५ कार्तिक २०७९ ११:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App