२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रधानसेनापति थापा र बेलायती मेजर जनरलबीच भेटवार्ता

प्रधानसेनापति पूर्णचन्द्र थापासँग बेलायती सेनाका मेजर जनरल डंकन क्याप्सले भेटवार्ता गरेका छन्। बुधवार जंगी अड्डामा भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र पारस्परिक चासोका विविध विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सरकारलाई कांग्रेस सांसदको प्रश्नः भेनेजुएलाको पक्ष लिएर नेपालीलाई के फाइदा ?

नेपाली कांग्रेसका सांसदले सरकार खुलेरै भेनेजुएलाको पक्षमा उभिएको भन्दै आपत्ति जनाएका छन्।  प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै सांसद पार्वती डिसी चौधरीले नेपालसँग कुनै साइनो र सम्बन्ध नभएको भेनेजुएलाको पक्षमा नेकपा अध्यक्ष पुष्पकमल दाहालको विज्ञप्ति, सोही विज्ञप्तिलाई नेकपाले सदर गर्नु र सरकारको धारणा पनि सोही आशयको आउनुले नेपाली जनतालाई के फाइदा हुन्छ भनी प्रश्न गरिन।

कांग्रेस कार्यसमिति बैठक बस्दै

नेपाली कांग्रेस  केन्द्रीय कार्यसमितिको बैठक बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।  दिउँसो १ बजे बस्ने बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

प्रचण्डको वक्तव्य र वैचारिक लक्ष्मणरेखा

भेनेजुएला प्रकरणले नेपालको राजनीतिमा अनायास तरंग उत्पन्न गराएको छ। यो तरंग विचार आन्दोलनका सन्दर्भमा सुनामी नै भने पनि हुन्छ। प्रचण्डको वक्तव्यले नेपाल र अमेरिकासँगको सम्बन्धमा कस्तो असर पर्यो वा नेपाल र छिमेकीहरूसँगको सम्बन्धको जमिनलाई कता हल्लाइदियो वा नेपाल कुन अन्तर्राष्ट्रिय शक्ति गुटको कित्तामा प्रवेश भयो भन्ने प्रश्न स्वाभाविकरूपमा उठे पनि यी प्रश्नहरू गौण हुन् भन्ने मेरो बुझाइ छ।

राष्ट्रिय संस्कृति/सांस्कृतिक राष्ट्रियता

नेपाल भूमि मानव सभ्यताको केन्द्रभूमि हो। किनकि यहाँको मानवीय सभ्यता, धर्म, कला, संस्कृति राष्ट्रियता विश्वकै पुरानो आदर्शका रूपमा प्रतिविम्बित रहेको पाइएको छ। महर्षि वेदव्यास भन्नुहुन्छ, ‘संसारमा पवित्र हिमाल छ। त्यसको वरिपरि एक योजनदेखि पाँच योजनसम्म घेरा भएका मेरु (पर्वत) शृङखलाहरू छन्।

नेपाली विद्यार्थीलाई भारतीय विश्वविद्यालयमा छात्रावृत्ति

भारतको गुडगाउँमा रहेको एनसल विश्वविद्यालयले नेपाली विद्यार्थीहरुका लागि छात्रावृत्ति उपलब्ध गराउने भएको छ।

माग २५ बाट नेपाल बिल्डकन

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ। राजधानीको भृकुटीमण्डपमा माघ २५, २६ र २७ गते एक्स्पो आयोजना गर्न लागिएको हो। मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टले आयोजना गर्ने एक्स्पोमा तीन सयभन्दा बढी ख्याती प्राप्त ब्रान्डका एक सय ५० भन्दा बढी स्टल रहने बताइएको छ।

नाममा राजनीति

संसद्बाट चिकित्सा शिक्षा विधेयक पास भएपछि नेपाली कांग्रेस आन्दोलनमा छ। डा. गोविन्द केसीसँग भएका सम्झौता लत्याइएको विरोधसँगै कांग्रेसले आफ्ना पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खोलिएका अस्पताललाई सरकारले गरेको बेवास्ता आन्दोलनको मूल जड बनाएको छ।

१५ वर्षमा २ करोड ग्राहक

नेपाल टेलिकमका ग्राहक १५ वर्षमा दुई करोडभन्दा धेरै भइसकेका छन्। १५ वर्षअघि कम्पनीका ग्राहक चार लाख २२ हजार रहेकोमा हाल यो संख्या दुई करोड १० लाख पुगेको छ। मंगलबार टेलिकम स्थापनाको १५औं वार्षिकोत्सवका अवसरमा बोल्दै टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले ग्राहक संख्यामा उल्लेख्य वृद्धि हुँदै आम्दानी बढिरहेको बताए।

सुरुमै थाहा पाए निको हुन्छ क्यान्सर

सुरुकै अवस्थामा पत्ता लागेमा जुनसुकै क्यान्सर रोग निको हुने विज्ञ चिकित्सकले औंल्याएका छन्। नेपालमा जनचेतना तथा उपचारमा पहुँचको कमीका कारण क्यान्सर ढिला गरी पत्ता लाग्ने गरेको उनीहरुको भनाइ छ।

बिजुली चुहावट पाँच प्रतिशत बिन्दुले घट्यो

चालु आर्थिक वर्षको मंसिरसम्म बिजुली चुहावट पाँच प्रतिशत बिन्दुले घटेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म २०.४५ प्रतिशत रहेको चुहावट चालु आर्थिक वर्षको मंसिरमा घटेर १५.४५ प्रतिशत प्रतिशतमा आएको हो। चुहावट नियन्त्रणलाई अभियानकै रुपमा सञ्चालन गरेकाले यो सफलता हात लागेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए।

अमेरिकाले जुनसम्म नयाँ स्काइ ट्रक हस्तान्तरण गर्ने

अमेरिकाले नेपाली सेनालाई दिने भनिएका पाँचओटा स्काइ ट्रक(हेलिकप्टर)मध्ये चालु हालतमा रहेका दुई स्काई ट्रक जुनसम्म हस्तान्तरण गर्ने भएको छ।

आन्तरिक स्रोतले मात्र आर्थिक वृद्धि असम्भव

अर्थमन्त्री युवराज खतिवडाले नेपाल राष्ट्र बैंक र वित्तीय संस्थाहरुलाई वैदेशिक स्रोत परिचालनमा देखापरेका समस्या समाधान गर्न निर्देशन दिएका छन्। मंगलबार अर्थ मन्त्रालयमा सम्पन्न उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समिति बैठकमा मन्त्री खतिवडाले वैदेशिक लगानी सम्बन्धी प्रक्रिया अगाडि बढाएर निजी क्षेत्र, राष्ट्र बैंक र उद्योगीहरुलाई सहकार्य गरेर काम गर्न निर्देशन दिएका हुन्।

नेपालको मुख्य प्रस्ताव भारतीय वस्तुमा शुल्क

नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकन गर्ने विषयमा बिहीबारदेखि पोखरामा हुन लागेको द्विपक्षीय छलफलमा नेपालले चार दशकदेखि भारतीय कृषि तथा औद्योगिक वस्तु आयातमा दिँदै आएको शून्य भन्सार सुविधा खारेज गर्ने प्रस्ताव फेरि उठाउने भएको छ।

संकटमा साझा प्रकाशन

नेपाली भाषासाहित्यको सेवामा विगत एक सय पाँच वर्षदेखि सक्रिय सरकारी स्वामित्वको साझा प्रकाशन लिमिटेड बन्द हुने अवस्थामा पुगेको छ। संस्थाले विगत लामो समयदेखि पुस्तक प्रकाशन, छपाइलगायतका कुनै पनि काम गरेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्