७ आश्विन २०८१ सोमबार
image/svg+xml

राष्ट्रिय सभाको बैठक स्थागित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण संघीय संसदकाे राष्ट्रिय सभा बैठक १५ मिनेट सम्मका लागि स्थागित भएको छ।

नेपाल युएई बिरुद्ध फिल्डिङ गर्दै

युएईमा जारी तेस्रो एकदिवसीय खेलमा नेपालले टस जित्दै बलिङ गरिरहेको छ। युएई नेपालविरुद्ध ब्याटिङ गरिरहेको छ। युएईले २३ ओभरको खेल सकिदा ४ विकेट गुमाएर ४९ रन बनाएर खेलिरहेको छ।

युएईसँग निर्णायक खेल खेल्दै नेपाल

तीन खेलकाे एकदिवसीय सिरिजका लागि युएई भ्रमणमा रहेको नेपालले सोमवार युएई विरुद्ध निर्णायक खेल खेल्दैछ। तीन खेलको सिरिज दुबै टोलीले एक–एक खेल आफ्नो पक्षमा पार्दै बराबरी गरेका छन। खेल नेपाली समय अनुसा विहान ११ वजेर १५ मिनेटमा सुरु हुँदै छ।

व्यापारमा व्यापकता

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा गत शुक्रबार पत्रकार सम्मेलनमा निकै प्रफुल्ल देखिनुको कारण छ। उनका अनुसार नेपालले वर्षाैदेखि राख्दै आएको विद्युतीय कार्गो ट्र्याकिङ प्रणालीको माग भारतले पूरा गरेका कारण भारत भएर हुने तेस्रो मुलुकसँगको नेपालको व्यापारमा यो प्रणाली कोसेढुंगा बन्न सक्छ। गोल्छा मात्र होइन सम्मेलनमा सहभागी सबै उद्योगी व्यापारीहरुले कार्गो प्रणालीको खुलेर प्रशंसा गर्दै यसले व्यापार व्यवसायमा ठूलो फड्को मार्ने धारणा राखेका छन्।

महिला फुटबल टोलीको बिदाइ

अखिल नेपाल फुटबल संघले भारतमा माघ २४ गतेबाट हुने प्रतियोगितामा सहभागी हुने २३ सदस्यीय नेपाली महिला फुटबल टोलीलाई आइतबार बिदाइ गरेको छ।

तेह्र सयलाई टर्की पठाएर ३० करोड ठगी

फ्री भिसा र टिकटको सुविधामा आएको कोटालाई दुरुपयोग गर्दै ६ म्यानपावर कम्पनीले ३० करोड रुपैयाँभन्दा बढी असुल गरेर टर्की पठाएको खुलासा भएपछि रोजगारदाता कम्पनीले १३ सय नेपाली कामदार फिर्ता गरेको छ।

सैनिक स्मारक भत्काएर व्यापारिक कम्प्लेक्स

देशका लागि प्राण आहूति दिने सैनिकको स्मृतिमा स्थापित स्मारक रहेको जमिनमा व्यापारिक भवन बन्ने भएको छ। सैनिक स्मारकसमेत रहेको पुल्चोकस्थित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ रहेको १७ रोपनी जग्गामध्ये १० रोपनी जग्गामा आकृति हाउजिङले व्यापारिक कम्प्लेक्स बनाउन प्रक्रिया थालेको हो।

सरकार दोस्रो वर्षलाई प्रशंसाको वर्ष बनाउने गरी अघि बढ्नुपर्छः पूर्वप्रम नेपाल

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले सरकार कसैको खण्डन नगरी सुन्ने, हेर्ने, विचार गर्ने, लागु गर्ने र कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्ने बताएका छन्।

‘निर्मलाका बलात्कारीलाई सडकमा ल्याएर कारवाही गर्छाैं’

नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या र बलात्कारमा संलग्नलाई तरुण दलले सडकमा ल्याएर कारवाही गर्ने दावी गरेका छन्। उनले बलात्कार र हत्यामा संलग्नलाई सरकारलेनै संरक्षण गरिरहेको बताउँदै अव तरुण दलले कारवाही गर्ने चेतावनी दिए।

सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आइतवार सानेपामा बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीसँग भएको सम्झौता विपरित बलजफ्ती राष्ट्रिय चिकित्सा विधेयक पारित गरेको र आफ्ना नेताको नाममा रहेको अस्पताललाई खारेज गर्न खोजेको भन्दै माघ २१ गते ७७ जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो। प्रदर्शनमा सहभागिताका लागि बैठकले अपील समेत गरेको छ।

शेयर बजार : दोहोरो अङ्कले घट्यो

धितोपत्र बजारमा आइतवार शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.८४ विन्दुले घटेर एक हजार १६०.९३ विन्दुमा झरेको छ।

सहज र भरपर्दो उपचारबाट टाढा पूर्वी पहाड

चिकित्सा शिक्षा सुधारका लागि आफूसँग भएका सम्झौता कार्यान्वयनको माग गर्दै अनशन बसेका डा. गोविन्द केसीलाई जिल्ला अस्पताल इलाममा उपचार सम्भव नभएपछि काठमाडौँ लगियो। आईसीयूमा राखेर उपचार गर्नुपर्ने भएपछि उनलाई काठमाडौं लगिएको थियो।

नेपाल भाषाकाे विद्यालय खोल्न अनुरोध

संघीय समाजवादी फोरम नेपालका सहध्यक्ष राजेन्द्र श्रेष्ठले नेपाल भाषा पढाइ हुने विद्यालय खोल्न काठमाडौं महानगरपालिकासमक्ष माग गरेका छन्।

प्राधिकरणले पुनः खोल्यो फ्रिक्वेन्सी बढाबढ

नेपाल दूरसञ्चार प्राधिकरणले आइतबारफ्रिक्वेन्सी प्रि–बिड बैठक राख्दै फ्रिक्वेन्सी बढाबढ प्रक्रिया पुनः अघि बढाएको छ। फ्रिक्वेन्सी बढाबढ रोक्ने अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेसँगै प्राधिकरणले यो प्रक्रिया पुनः अगाडि बढाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्