११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘ए’ डिभिजन लिग : फ्रेन्ड्समाथि पुलिसको फराकिलो जित

राजधानीमा जारी पल्सर शहिद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ।

पर्यटनमा श्रीलंकासँग सहकार्य गर्न पहल

नेपाल र श्रीलंकाले पर्यटन प्रर्वद्धनमा सहकार्यको पहल थालेका छन्। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को एक प्रतिनिधिमण्डलले बिहीबार नेपालका लागि श्रीलंकाली राजदूत स्वर्ना परेरासँग औपचारिक छलफलका क्रममा उक्त योजना अघि सारेका हुन्।

महिला टोलीले प्रशिक्षण थाल्यो

श्रीलंकाले पाँचौं महिला दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियसिप आयोजना नगर्ने भनेपछि नेपालमा निश्चित भएको प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला टोलीले बुधबारबाट अभ्यास थालेको छ।

लुम्बिनी र पोखरा रेलमार्गको काम पनि अगाडि बढ्ने

चीनले केरुङ–काठमाडौं र काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको अध्ययनलाई सँगसँगै अघि बढाउने भएको छ ।

सत्तामा ‘ह्री’ को कथन

‘ह्रीः’ भन्ने एउटा एकाक्षरीय शब्द रहेछ, संस्कृतमा। झण्डै दुई दशकअघि प्रोफेसर मथुरा श्रेष्ठले एकचोटि गफगाफमा भन्नुभएको थियो— नेपाली भाषामा हामीले ‘मनमा हरि भएको’ भन्ने गर्छौं, नि ! यो ‘हरि’ भनेको वास्तवमा ‘ह्री’ बाट अपभ्रंश भएर आएको हो।

प्रचण्डपथमा कांग्रेस

निर्दलीय पञ्चायत व्यवस्था ढलेपछि झन्डै १२ वर्ष नेपाली कांग्रेसले पटकपटक सत्ताको नेतृत्व लियो। त्यहीबीचमा माओवादीले विदेशीद्वारा लिखित, निर्देशित, संरक्षित र सञ्चालित रहस्यमय नाटक खेले। गोन्जालोको साइनिङपाथको नक्कल गर्दै सशस्त्र विद्रोहका राजनीति, कार्यनीति र मार्गचित्रलाई ‘प्रचण्डपथ’ भनियो।

कांग्रेस पुननिर्माणमा रामचन्द्रको पुस्तक

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्नो दल कांग्रेस र लोकतान्त्रिक समाजवाद पुर्नब्याख्या गर्दै पुस्तक लेखेका छ।

पार्टी पराजयबारे देउवा र पौडेलबीच केन्द्रीय समितिमै चर्काचर्की

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच केन्द्रीय समिति बैठकमै तीब्र विवाद भएको छ। महासमिति बैठकको संघारमा बिहीबारको केन्द्रीय समिति बैठकमा सभापति देउवा र नेता पौडेलबीच पार्टी सञ्चालन र निर्वाचनमा पराजयको विषयलाई लिएर विवाद भएको हो।

नेपाल–चीन परामर्श संयन्त्र बैठक सम्पन्न

नेपाल–चीन द्विपक्षीय परामर्श संयन्त्रको १२औँ बैठक चीनको राजधानी बेइजिङमा आज सम्पन्न भएको छ । सचिवस्तरीय संयन्त्रको उक्त बैठकमा नेपालको प्रतिनिधित्व परराष्ट्र सचिव शङ्करदास बैरागी र उहाँका चिनियाँ समकक्षी कोङ हुनयूले गरेका थिए।

सरकार संघीयता समाप्त पार्ने डिजाइनमा : कांग्रेस नेता

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता महेन्द्र यादवले सरकार संघीयता समाप्त पार्ने डिजाइनमा लागेको आरोप लगाएका छन्। विहीवार रिपोर्टर्स क्लबको साक्षात्कारमा नेता यादवले वर्तमान सरकार संघीयता नै समाप्त पार्ने डिजाइनमा लागेको भन्दै गठन भएको एक वर्ष भइसक्दा पनि केन्द्र सरकारको कमजोरीका कारण अहिलेसम्म प्रदेश सरकारले पाउनुपर्ने ऐन तथा कानुन नपाएको जिकिर गरे।

सत्र प्रतिशतले बढ्यो पर्यटक आगमन

सन् २०१८मा गत नोभेम्बरसम्म नेपालमा पर्यटक आगमन हालसम्मकै उच्च पुगेको नेपाल पर्यटन बोर्डले जनाएको छ। जनवरीदेखि नोभेम्बर सम्म नेपालमा १० लाख १ हजार ९ सय ३० जना विदेशी पर्यटक नेपाल आएको बोर्डले जनाएको छ।

शेयर बजारः ७.६ अङ्कले बढ्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज सामान्य वृद्धि भएको छ। कारोवार मापक नेप्से परिसूचक ७.६ बिन्दुले बढेर ११ सय४८.७८ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६४ बिन्दुले बढको छ।

गौतमबुद्ध विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमलाई नदिइने भएको छ। निगमले आफूले पाउनुपर्ने दाबी गर्दै आए पनि नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मा प्रतिस्पर्धामात्रै दिने भएको हो।

दुई जलविद्युत् आयोजनाको पिपिए सम्पन्न

जिल्लाको उत्तर–पूर्वी भेगमा पर्ने जुगल हिमालको काखमा निर्माण तयारी गरिएको दुई जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच पिपिए (विद्युत् खरिद सम्झौता) भएको छ।

‘वाई १२–ई’ जहाज थन्किएको थन्कियै

नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्ष बनेर आएपछि मदन खरेलले ‘वाई १२–ई’ सिरिजका चारवटै चिनियाँ जहाज सञ्चालनमा ल्याउन परीक्षण उडान गराए पनि दुईवटा जहाज थन्किएको थन्कियै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्