११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मानव बेचविखन राेक्न दुर्इ सयबढीको उद्दार

पश्चिमी नाका कञ्चनपुरको गड्डाचौकीबाट गएको एक वर्षमा दुईसय महिला तथा बालबालिकाको उद्दार गरिएको छ । माईती नेपाल कञ्चनपुरले एक बर्षको अवधिमा २४ बालक, ७१ बालिका र १०५ महिलाको उद्दार गरेको जनाएको हो ।

मुख्य विषय छाडेर कांग्रेसको ध्यान अन्यत्रै

नेपाली कांग्रेसको महासमिति बैठक सुरु हुन एकदिन मात्र बाँकी रहे पनि पार्टी विधानमा शीर्ष नेताबीच समझदारी बन्न सकेको छैन।

डिजेल चुहावट र चोरीमा निगम नेतृत्व मूकदर्शक

नेपाल आयल निगमको विराटनगर डिपोमा चार महिना अवधिमा करिब डेढ करोड रुपैयाँको डिजेल चुहावट र ट्यांकरबाट तेल चोरी हुँदा निगम नेतृत्व मूक दर्शक बनेको छ। विवादित छवि भएका निगमका विराटनगर डिपो प्रमुख दिनेश यादवलाई कारबाही गर्न सञ्चालक समिति सदस्यले कुरा उठाए पनि कारबाही प्रक्रिया अघि बढेको छैन।

‘मिडिया दलालको कब्जामा’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले मिडिया बजारलाई पुँजीपति र दलालहरूले कब्जा गरिरहेको आरोप लगाएका छन्। राजधानीमा मंगलबार नेकपानिकट जनता एफएमको उद्घाटन कार्यक्रममा दाहालले बिग हाउसका नाममा मिडिया क्षेत्रमा पुँजीपति र दलालहरूको एकाधिकार कायम भएको आरोप लगाउँदै त्यसलाई तोड्नुपर्ने बताएका हुन्।

कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा

नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म महासमिति बैठक बोलाएको हो।

शेयर बजारमा झिनो सुधार

शेयर बजारमा बुधबार केही सुधारको सङ्केत देखिएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ० दशमलव ०८ विन्दुले बढेर एक हजार १४१ दशमलव १८ विन्दुमा पुगेको छ।

ब्याजदर बढाएकाेमा महासंघको चिन्ता

निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाले एकाएक ऋणको ब्याजदर बढाएकानिजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाले एकाएक ऋणको ब्याजदर बढाएकामा गम्भीर चिन्ता प्रकट गरेको छ।मा गम्भीर चिन्ता प्रकट गरेको छ।

खानेपानी योजना समुदायलाई

भूकम्पपछि पुनर्निर्माणलाई सघाइरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफाम नेपालले जिल्लामा २३ वटा खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ।

‘महासमिति बैठक संगठन पुनर्जागरणको प्रस्थानबिन्दु’

नेपाली कांग्रेसले आशन्न महासमिति बैठकलाई पार्टी पुनर्जागरणको प्रस्थान बिन्दु बनाउने जनाएको छ। जारी केन्द्रीय समितिको मंगलबारको बैठकमा महामन्त्री शशांक कोइरालाले सांगठनिक प्रतिवेदन पेस गर्दै विगतका गल्तीकमजोरी सच्याउँदै संगठनलाई जनतामा आशा जगाउने र भरपर्दो बनाउने दाबी गरिएको छ।

आठौं राष्ट्रिय खेलकुद अझै अनिश्चित

दुई–दुई वर्षमा आयोजना गर्नुपर्ने राष्ट्रिय खेलकुद समग्र नेपाली खेलाडीको भविष्य निर्धारण गर्ने एक ठूलो प्रतियोगिता हो। तर, पहिला तीन संस्करणभन्दा बाहेक त्यसपछिका संस्करण भने २–२ वर्षमा हुन सकेनन्। वि.सं. २०३८ सालमा पहिलो संस्करण काठमाडौंमा भएको थियो।

पुरुष हाफ म्याराथनमा आर्मीको कब्जा

पाँचौं ग्रेट हिमालय पर्वतीय महोत्सवको दोस्रो दिन अन्तर्राष्ट्रिय पर्वतारोहण दिवसको अवसर पारेर आयोजित पुरुष हाफ म्याराथनमा नेपाली सेनाका धावकले आधिपत्य कायम गरेका छन्।

प्रहरीलाई ४९ इन्चको टेलिभिजन उपहार

नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतले जिल्ला प्रहरी कार्यालयलाई ४९ इन्चको टेलिभिजन प्रदान गरेको छ। सामुदायिक प्रहरी सेवा केन्द्रले प्रहरी कार्यालयको हाताभित्र निर्माण गरेको प्रतिक्षालयमा सेवाग्राहीका लागि टेलिभिजन प्रदान गरिएको अध्यक्ष यामबहादुर विसीले जानकारी दिए। एकता समाजको ११ औं स्थापना दिवसको अवसर पारेर ५६ हजारको टेलिभिजन किनेर उपलब्ध गराइएको अध्यक्ष विसीले जानकारी दिए।

विश्वप्रकाश र गगनले भने : ‘बुद्धिजिवीलाई पेलेर अघि बढ्नु प्रत्युत्पादक’

नेपाली काङ्ग्रेसका युवा नेताहरुले नेपाल इञ्जिनियर्स एशोसिएशनको आसन्न निर्वाचन लोकतान्त्रिक तथा गैरलोकतान्त्रिक शक्तिबीचको जनमत सङ्ग्रह भएको बताएका छन्। बृहत् लोकतान्त्रिक युवा इञ्जिनियर भेलालाई मंगलवार सम्बोधन गर्दै नेताहरुले बुद्धिजीवीलाई पेलेर अघि बढ्नु प्रत्युत्पादक हुने विचार राखे।

सामान्य घट्यो नेप्से, ३८ करोडको कारोबार

दुई दिन लगातार दोहोरो अंकको बृद्धि भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ३.०८ले घटेर ११ सय ४१.१ विन्दु कायम भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्