९ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रमबाट नेपाल–भारतबीचका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज शिष्टाचार भेट गरेका छन्।

विना नरवणे र सैनिक श्रीमती संघका पदाधिकारीहरुबीच भेटघाट

भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेका साथ नेपाल भ्रमणमा रहेकी उनकी श्रमती विना नरवणे र नेपाली सैनिक श्रीमती संघकी अध्यक्ष दीपा थापाबीच भेट भएको छ।

नेपाली सेनाले भारतीय सेनालाई दियो बुद्धको प्रतिमा र मास्क

नेपाली सेनालेभारतीय सेनालाई बुद्धको प्रतिमा र एक लाख थान मास्क प्रदान गरेको छ। नेपाल भ्रमणमा रहेका भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा नेपाली सेनाले नेपालमा निर्मित कोभिड–१९ जोखिम नियन्त्रणका लागि प्रयोग हुने एक लाख थान मास्क भारतीय सैनिकलाई सहयोगस्वरुप उपलब्ध गराएको छ।

भारतीय सेनाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

भारत सरकारले नेपाली सेनालाई दुई घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ।

नरवणेको नेपाल आगमनले दुई देशकाे सैनिक सम्बन्ध थप सुमधुर हुने विश्वास छ : नेपाली सेना

भारतीय वायु सेनाको विशेष विमानमार्फत भारतका स्थल सेनाध्यक्ष नरवणे काठमाडौं ओर्लिएलगत्तै नेपाली सेनाको मुख्यालय जंगी अड्डाले विज्ञप्ति जारी गरी उक्त विश्वास व्यक्त गरेको हो।

भारतका सेना प्रमुख नरावणे काठमाडौंमा

नेपालको तीन दिने औपचारिक भ्रमणका लागि भारतीय स्थल सेनाध्यक्ष नरावणे भारतीय वायु सेनाको विशेष विमानमार्फत बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।

भारतका सेना प्रमुख नरावणे काठमाडौंमा

नेपालको तीन दिने औपचारिक भ्रमणका लागि भारतीय स्थल सेनाध्यक्ष नरावणे भारतीय वायु सेनाको विशेष विमानमार्फत बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।

लद्दाखमा खटिएका सेनाका लागि भारतले अमेरिकाबाट मगायो विशेष कपडा

लद्दाखमा चीनसँगको सीमामा खटिएका सेनाका लागि भारतिय सेनाले अमेरिकाबाट विशेष कपडा मगाएको छ।

भारतीय स्थलसेनाध्यक्ष नरावणे आज नेपाल आउँदै

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे नेपालको तीनदिने भ्रमणका लागि आज आउँदै छन्। नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुरुप उनी नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न यहाँ आउन लागेका हुन्।

हाम्रा सेना प्रमुखले गर्ने नेपाल भ्रमणले दुई देशबीचको सैनिक सम्बन्ध अझ बलियो बनाउनेछ : भारत

भारतले भोलि बुधबारदेखि आफ्ना सेना प्रमुखले गर्न लागेको नेपालको भ्रमणले दुई देशबीचको रक्षा सम्बन्धलाई अझ बलियो बनाउने बताएको छ।

भारतीय जङ्गलमा महिलाको शव फेला

कञ्चनपुरको पुनर्बास नगरपालिका नजीक भारतको दूधुवा नेशनल पार्कको रानीवनमा एक नेपाली महिलाको शव फेला परेको छ।

भारतीय सेनाध्यक्ष नरावणेको नेपाल भ्रमण सन्दर्भ र सैनिक कूटनीति

मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अनुभवका आधारमा सैनिक कूटनीतिको प्रयोगबाट पनि नेपाल–भारतबीच पछिल्लो समय देखिएको संवादहीनताको गतिरोध अन्त्य गर्न सकिने तर्क गरिएको छ।

भारतका दलित नेता रामविलास पासवानलाई सम्झिँदा

भन्न त उनले ‘म एउटा दियो लिएर अँध्यारोमा रहेका जनताका घरमा उज्यालो छर्न हिडेको हुँ’ भन्ने गरेका थिए, तर उनले कति उज्यालो छरे, भारतीय दलित आन्दोलन र त्यसको इतिहासले खोतल्ला नै।

भारतमा कोभिड–१९ संक्रमित ८० लाख नाघे, १ लाख २० हजार बढीको मृत्यु

भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्ममा ८० लाख नाघेको छ।

आफूविरुद्ध भारतलाई नउक्साउन अमेरिकालाई चीनको कडा चेतावनी

भारत भ्रमणका क्रममा अमेरिकाका विदेशमन्त्री माइक पम्पिओले आफूविरुद्ध विभिन्न आरोप लगाएलगत्तै चीनले कडा शब्दमा विराेध जनाएकाे हाे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्