८ आश्विन २०८१ मंगलबार
image/svg+xml

भारतमै हराउँछन् रोजगारीका लागि गएका नेपाली कामदार

सन्धिपश्चात् गोर्खा सैनिकमा भर्ना खुल्नु पनि भारतमा आप्रवासन दर बढेको तथ्याङ्कले देखाउँछ। तर, हालसम्म पनि भारतमा रोजगारी गर्न जानेलाई सरकारले वैदेशिक रोजगारीको सूचीमा राखेको छैन। तेस्रो मुलुकमा जानेहरुलाई केही समस्या भएमा बीमादेखि लिएर अन्य सेवा सुविधा पाउने गरे पनि भारतमा रोजगारी गर्न जानेहरु भने सेवा सुविधाबाट वञ्चित हुँदै आएका छन्।

बलियो टोलीविरुद्ध जित निकाल्ने लक्ष्य

भारत र नेपाल १९औं पटक आमनेसामुने भएका छन्। जुन भेटमा भारतले १३ नतिजा आफ्नो पक्षमा पार्दा नेपालले दुई जित मात्र निकाल्न सकेको छ। चार खेलका नतिजा भने बराबरीमा टुङ्गिएका छन्। त्यसैले पनि दक्षिण एसियाली फुटबलमा भारत तुलनात्मक रूपमा निकै बलियो टोली हो।

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल बिहीबार,भविष्यका लागि खेल्ने प्रशिक्षकको भनाई

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको खेल जित्नकै लागि खेल्ने बताएका छन्। प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध उत्कृष्ट प्रदर्शनका साथै जित्नकै लागि खेल्ने पत्रकार सम्मेलनमा बताए।

अफगानिस्तानबाट सिक्ने पाठ

हाम्रा नेता प्रायः सबैजसो विदेशीका दलाल हुन् भनेको सुनिन्छ। उनीहरूले त्यही त्यही काम गर्छन् जुन विदेशीले अराउँछन्। अफगानी राष्ट्रपतिले हेलिकोप्टरभरि पैसा राखेर भागेको समाचार सुन्न आएको हो। कतै यस्तै त हेर्नुपर्ने होइन भनेर चस्का लागिरहन्छ।

आपत्तिजनक अलमल

छानबिनमा भएको रहस्यपूर्ण ढिलाइ र पीडित परिवारको मुख बुजो लगाउन दिइएको क्षतिपूर्तिबारे आम नागरिकले नबुझ्ने कुरा भएन।सरकार यति लाचार पनि हुनुहुँदैन।

नेपाललाई आठ करोड बराबरको राहत सामग्री

नेपालका १५ जिल्लाहरुमा बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि वितरण गर्न लागिएको राहतमा सहयोग गर्न भारतले सहयोग गरेको भारतीय राजदूतावासले जनाएको छ।

भारत सरकारद्वारा अक्सिजन प्लान्ट हस्तान्तरण

भारत सरकारले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपहारस्वरुप अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ।

भाजपा नेताको काठमाडौंमा दौडधुप

देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर चौथाइवालेले प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाईका साथै जनैपूर्णिमाको शुभकामनासमेत दिएका थिए। दुई नेताबीच भाजपा र नेपाली कांग्रेसबीचमा संवाद बनाइराख्ने सहमति भएको छ।

एमाले अध्यक्ष ओली र भाजपा नेताबीच भेट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ।

महाभारत र व्यूहरचना

रामायणकालीनको तुलनामा महाभारतकालीन समाज विकसित थियो। महाभारतको युद्ध भने व्यूूहको रचनामा सम्पन्न भएको थियो। महाभारतको युद्ध अठार दिन चल्यो। गुरु द्रोणाचार्यको मृत्यु नहुदाको समय अर्थात् १५ दिनसम्म पाण्डव र कौरव पक्षले व्यूह रचना गरेका थिए ।

नौ वटा भारतीय मोटरसाइकल भन्सार चलान

कोरोना भाइरस संक्रमण रोकथामको लागि बन्द गरिएको नेपाल–भारत सीमामा औपचारिक रुपमा सवारी आवागमन सुरु नभए पनि भारतीय मोटरसाइकलहरु गैरकानूनी रुपमा नेपालतर्फ भित्रिन भने रोकिएको छैन।

भारतीय जेलबाट ४० वर्षपछि छुटेका दुर्गाप्रसाद बेपत्ता

भारतीय जेलमा बिनाकसुर ४० वर्ष बिताएपछि घर ल्याइएका माई नगरपालिका–१०, लुम्बकका ६१ वर्षे दुर्गाप्रसाद तिम्सिना घरबाट हराएका छन् । आइतबार साँझ ४ बजेतिर घरबाट हिँडेका दुर्गाप्रसाद कता गए भन्ने पत्तो नभएको परिवारजनले बताएका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतको ७५औँ स्वतन्त्रता दिवसको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना समकक्षीहरूमा शुभकामना व्यक्त गरेका छन्।

भारत स्वतन्त्र आन्दोलनमा नेपालीको भूमिका

भारतमा ब्रिटिस (इस्ट इन्डिया कम्पनी) हरूले करिब दुईसय वर्षसम्म राज गरे। सन् १८५६ ई मा सिपाही विद्रोहदेखि सशक्तरूपमा अङ्ग्रेज शासकविरुद्ध आन्दोलन सुरु भयो। भारतको लखनउ, मेरठ क्षेत्रमा सिपाहीहरूले गरेको विद्रोहलाई सिपाही विद्रोह भनी चिनिन्छ।

सीमामा सक्रियता बढाउँदै सशस्त्र प्रहरी

कल्भर्ट निर्माणका लागि भएको विवाद क्षेत्र न अहिलेसम्म समाधान भयो, न त भारतीय पक्षले गोली चलाएको विषय नै स्वीकार गर्‍यो। मुलुकमा चर्चाको विषय बनेको उक्त घटनालगत्तै घटनास्थल छेउमै सशस्त्र प्रहरी बलले बिओपी स्थापना गरेर सीमा क्षेत्रको सुरक्षा र निगरानी भने बढाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्