२१ आश्विन २०८१ सोमबार
image/svg+xml

गगनले भनेः फेसबुक नियन्त्रणका नाममा बोल्न पाउने अधिकार खोसिँदैछ, सचेत हुनुस्

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकार सबै क्षेत्रमा हस्तक्षेप गरी अधिनायकवाद लाद्न उद्धत रहेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल नियन्त्रणका नाममा सरकारले नागरिकको बोल्न पाउने अधिकारसमेत खोस्न लागेकोप्रति सचेत रहन उनले आग्रह गरे।

महिला साफ च्याम्पियनसिप : नेपाल फेरि उपविजेतामा सीमित

पाहुना टोली भारतले पाँचौं पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको दिन शुक्रबार नेपाल चौथो पटक पनि उपविजेतामा खुम्चिनु परेको छ। घरेलु मैदानमा पहिलो पटक महिला साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यमा रहेको नेपाल भारतसँग ३–१ ले स्तब्ध भएसँगै ट्रफी घरमै राख्ने सपना यसपटक पनि अधुरै रह्यो।

ओली सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दैछन् : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारबाट भएका भ्रष्टाचारको पोल खुल्दै जाने बताएका छन्। सरकारको गलत कामका कारण जनताको चित्त बुझाउन जनप्रतिनिधिलाई गाह्रो भएको उनले गुनासो गरे। शुक्रबार चाबहिलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य सिंहले भने, ‘केपी ओलीजी के भन्नुहुन्छ भने म पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ। तर, मेलम्चीको ठेकेदार काम छाडेर हिँड्नुको पोल विस्तारै खुल्दै छ। किनभने मन्त्री र सचिवले कमिसन माग्दा रहेछन्।’

पहिलो हाफमा नेपाल र भारतको बराबरी

पाँचौं महिला साफ च्याम्पियनसिपको उपाधिका लागि अहिले घरेलु टोली नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ।

गाेलकिपर किरण नायक बन्दा कुवेतसँग नेपालकाे बराबरी

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले कुवेतसँग गोलरहित बराबरी खेलेको छ। कुवेतको अलसबाब रंगशालामा बिहीबार राति सम्पन्न खेलमा नेपाली गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेपछि कुवेतलाई नेपालले बराबरीमा रोकेको हो।

मोबिलाइजेसन खर्चबाट बक्यौता भुक्तानी

नेपाल दूरसञ्चार प्राधिकरणले चलखेलका आधारमा स्मार्ट टेलिकमलाई अप्टिकल फाइबर नेटवर्क विस्तार परियोजनाको ठेक्का दिएको पाइएको छ।

ओमानविरुद्ध नेपालको रक्षात्मक रणनीति

नेपालले एएफसी यु–२३ च्याम्पियनसिपको छनोटअन्तर्गत नेपालले शुक्रबार ओमानसँग पहिलो खेल खेल्दै छ। उक्त खेल नेपालको समयअनुसार साँझ ७ः४५ बजेदेखि दोहा स्पोर्ट्स सिटीको एस्पायर–४ मैदानमा सुरु हुनेछ।

महिला साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारत भिड्दै

पाँचाैं संस्करणकाे महिला साफ च्याम्पियनसिप फुटबलकाे उपाधिका लागि शुक्रबार (आज) घरेलु टाेली नेपाल र भातरबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल खेल विराटनगरस्थित सहिद रंगशालामा दिउँसो ३ बजे हुनेछ।

न्यायालय सुधार र नेपाल बार

मिनी संसदको चुनाव मानिने नेपाल बार एसोसिएनको अब हुने निर्वाचनमा न्यायपालिका सुधारको विषय जबर्जस्त ढंगले उठ्ने भएको छ। प्रजातान्त्रिक कानुन व्यवसायीहरूको समूहले मुलुकमा एक दशकभन्दा लामो समयदेखि प्रचलनमा रहेको ‘संसदीय सुनुवाइ’ व्यवस्थाको विकल्प खोजिनुपर्ने विषय अजेन्डा बनाएको छ भने प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठनले यसमा परिमार्जन खोजेको छ।

चिठीबाटै राजपा–फोरम एकता प्रस्ताव

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र संघीय समाजवादी फोरम नेपालले एकअर्कोलाई चिठी पठाएर पार्टी एकीकरण वार्ता प्रक्रिया अघि बढाएका छन्। फोरम नेपालले बुधबार राजपालाई दोस्रो चिठी पठाएको छ। करिब एक महिनाअघि फोरमले राजपालाई एकता प्रस्तावसहितको पहिलो चिठी पठाएको थियो। फोरमको प्रस्तावलाई सकारात्मक मान्दै एक साताअघि राजपाले पनि चिठी पठाएको थियो।

सरकारले सेनासँग स्पष्टिकरण माग्यो

नेपाली सेनासँग सरकार असन्तुष्ट बनेको छ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई बल प्रयोग गरेर नियन्त्रणमा लिन लगाइएको प्रतिबन्धप्रति असन्तुष्टि जनाएपछि सेनासँग सरकारले स्पष्टिकरण लिएको हो।

अपहरण–हत्या काण्डका दोषी ६ वर्षपछि पक्राउ

अपहरण तथा शरीर बन्दक मुद्दामा प्रतिवादी निजामुद्धिन विरुद्ध बाँके जिल्ला अदालतले दोषी ठहर गरी २०७२ माघ २ गते ९ वर्ष कैद र ९ लाख ५० हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो।

नेपाल र जापानबीच सोमबार श्रम साझेदारी हुने

सरकारले नेपाल र जापान सरकारबीच ‘मेमोरेन्डम अफ को–अपरेसन’मा हस्ताक्षर गर्नका निम्ति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मनत्रालयलका सचिव महेशप्रसाद दाहाललाई अख्तियार प्रदान गर्ने निर्णय गरेको छ।

‘उदार अर्थतन्त्रको ढोका गिरिजाले नै खोलेका थिए’

विनिमय सरकारले तोकेको थियो। अमेरिकी डलरसँग बजारमा सरकारले तोकेकोभन्दा बढी दरमा खुला रुपमा बिक्री वितरण हुने गथ्र्यो। संरचना सुधार गरेर राज्यको हस्तक्षेपलाई कम गरेर निजी क्षेत्रलाई विकासको संवाहक मानेर अगाडि बढियो। निजी क्षेत्रलाई आश्वस्त गर्न थालिएको थियो। निजी बैंक तथा अन्य क्षेत्रमा विस्तारै लगानीका ढोकाहरू खुल्दै थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्