२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

गाेलकिपर किरण नायक बन्दा कुवेतसँग नेपालकाे बराबरी

काठमाडौं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले कुवेतसँग गोलरहित बराबरी खेलेको छ। कुवेतको अलसबाब रंगशालामा बिहीबार राति सम्पन्न खेलमा नेपाली गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेपछि कुवेतलाई नेपालले बराबरीमा रोकेको हो।

फिफा वरियतामा नेपालभन्दा ३ स्थान माथि रहेको कुवेतसँग नेपालले बराबरी खेलेको हो। वरियतामा नेपाल १६१ र कुवेत १५८ औं स्थानमा छन्। खेलअवधिभर कुवेतले नेपालको पोष्टमा २ दर्जनबढी प्रहार गरे पनि गोलकिपर र डिफेन्सले त्यसलाई विफल तुल्याइदिएका थिए।

खेलको ६५ औं मिनेटमा नेपाली डेब्यू खेलाडी अजित भण्डारीले कुवेतका खेलाडीलाई डिबक्समा फल गरेपछि पाएको पेनाल्टीमा कप्तान मुतवाले गोल गर्न सकेनन्। उनको प्रहार आकाशिएको थियो। खेलमा नेपाली किपर किरण् एक्लै हावी देखिएका थिए।

खेलको अन्त्यतिर नेपाली खेलाडीले दुई वटा राम्रो मौका पाए पनि गोल गर्न सकेनन्। डिफेन्सिभ खेल खेलेको नेपालले काउन्टर एट्याकमा जोड दिएको थियो। कुवेतविरुद्ध नेपालका पाँच खेलाडीले राष्ट्रिय टोलीमा डेब्यू गरेका छन्।

मुख्य प्रशिक्षक योहान कालिनले पाँच युवा खेलाडी अजित भण्डारी, बिमल राना, सन्तोष तामाङ, सुरज बिश्वकर्मा र रबी पासवानले नेपाली टोलीमा डेब्यू गराएका छन्।

बराबरीपछि नेपाली टिमका प्रशिक्षक योहान कालिनले टोलीले राम्रो प्रदर्शन गरेको प्रतिक्रिया दिए। ‘कुवेतले दबाब दिए पनि हामीले सक्दो राम्रो खेल्यौं,’ प्रशिक्षक कलिनले भने।

कुवेतका प्रशिक्षक रोमियो जोजाकले पनि नेपाली टिमको प्रदर्शनको तारिफ गरे। उनले नेपाली डिफेन्सले उत्कृष्ट खेलेको बताए। योसँगै नेपालले १९ वर्षपछि कुवेतसँग बराबरी खेल्न सफल भयो।

यसअघि सन् २००० मा एएफसी एसिया कपमा नेपाल कुवेतसँग ५–० ले पराजित भएको थियो। दुई मैत्रीपुर्ण खेल खेल्ने कुवेत पुगेको नेपाली टोलीले दोस्रो खेल मंगलबार खेल्नेछ। 

 

प्रकाशित: ८ चैत्र २०७५ ०५:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App