तपाईँले कहिल्यै कल्पनै नगरेको व्यक्ति, वस्तु, सम्मान वा उपहार भेट्नुभयो भने तपार्इँको सुरुको प्रतिक्रिया कस्तो हुन्छ ? कि तपाईँ केहीबेर बोल्नै सक्नुहुन्न, कि रुनुहुन्छ कि खुसीले उफ्रिनुहुन्छ। गत कात्तिक १७ गते शनिबार पोखराको एक कार्यक्रममा यस्तै दृश्य देखियो।
चलचित्रकर्मी सबु सुवदीले यथार्थपरक उपन्यास लेखेकी छिन्– ‘मन्जुषा’। चरित्रमा केन्द्रित रहेर लेखिएको उपन्यासमा फरक किसिमको भाषाशैली र विषय छ। गाउँकी सामान्य नारी डेढ घण्टा लगाएर बोर्डिङ स्कुल पढाउन जानुपर्ने बाध्यता छ। मन्जुषाको बाध्यता र विवशताको कथाबाट उपन्यास उठान भएको छ।
सरल र परिष्कृत शैलीमा सलल बग्ने भाषामा शारदा शर्माले लेखेको उनको दोस्रो र पछिल्लो उपन्यास हो, ‘कम्प’ । शीर्षकले जनाएजस्तै उपन्यास भूकम्प गएको र त्यसको प्रभावका बारेमा छ, त्यही महाभूकम्प जुन २०७२ वैशाखमा नेपालमा गएको थियो र करिब १० हजार मानिस कालकलवित भएका थिए ।
छुई प्रथासँग सम्बन्धित नारी प्रधान उपन्यास ‘छोट्टी’ लिएर आएका छन् हुम्ली आख्यानकार बखतबहादुर शाही। उनले आफैंले देखेका र भोगेका विषयलाई उपन्यासको विषय बनाएका हुन्। विज्ञहरुले कर्णाली भेगको अर्गानिक खुराकको रुपमा यो उपन्यासको चर्चा गरेका छन्। हुम्लामा जन्मे÷हुर्केका शाहीले एउटी नर्सलाई मुख्य पात्र बनाएर हुम्लाको छुई प्रथामा केन्द्रित भएर लेखेको उपन्यासमा कर्नालीको जीवनशैली, संस्कृति र इतिहासको सुवास पाइन्छ।
मदन पुरस्कार पाएपछि नेपाली साहित्यमा उदाए, साहित्यकार रामलाल जोशी । उनै जोशीको ‘सखी’ उपन्यास आज (शनिबार) विमोचन हुँदैछ । यसै सेरोफेरोमा रही उनीसँग नागरिककर्मी उत्तम ओझाले गरेको कुराकानी।
प्रकाश नेपालीको उपन्यास ‘अन्धो समाज’ जातीय विभेदका कारण अभिजातवर्गबाट निम्नवर्गका मानिसले भोग्दै आएको पीडाको दस्ताबेज हो । अछुतलाई हाम्रो समाजमा सधैँ हेयका दृष्टिले हेरिन्छ।
पत्रकार कृष्ण आचार्यद्वारा लिखित उपन्यास ‘अप्रिल फुल’ को विमोचन भएको छ। शनिबार प्रज्ञा भवन कमलादीमा आयोजित एक समारोहकाबीच साहित्यकार कृष्ण धरावासी, गायक हेमन्त शर्मा र कवि ज्योति जंगलले उपन्यास उपन्यास अप्रिल फुलको संयुक्त रुपमा विमोचन गरेका हुन्।
राजेशको भनाइ अनुसार अहिले पुस्तक किन्न सबै उमेर समूहका पाठक आउने गरेका छन् । ‘पहिला किताब किन्न अलि उमेर ढल्केका पाठक मात्र आउँथे, तर हिजोआज युवापुस्ता पनि आउँछन्,’ उनले भने । पहिलाको तुलनामा पुस्तक किन्ने बढेको उनको अनुभव छ । जीवनी, उपन्यास र राजनीतिका पुस्तक बढी बिक्री हुने गरेको उनी बताउँछन् । उनका अनुसार युवापुस्ताका पाठक उपन्यास किन्न आउने गरेका छन् ।
लीलबहादुर क्षत्रीको पहिलो उपन्यास बसाइँ (सन् १९५७) ले सामाजिक यथार्थवादी प्रवृृत्तिलाई अँगालेको छ । पूर्वी नेपालका पहाडी किसानको जीवनलाई लिएर लेखिएको यस उपन्यासमा किसानवर्गले बसाइँ सर्नुपर्ने बाध्यता र परिस्थितिको मार्मिक र याथार्थिक चित्रण पाइन्छ । पहाडी जीवनको यथार्थ उद्घाटित गर्नाका साथै निम्न पात्रका विविध समस्या, विवशता, दुर्बलता र विपन्नताको चित्रण गर्दै मूलतः सामन्ती शोषण, भाग्यवाद र सामाजिक संकीर्णतामाझ अँठ्याइएका दलित र शोषित मानिसको सामाजिक बहिष्कार तथा निष्कासनको याथार्थिक कथा नै बसाइँ उपन्यास हो ।’
लेखक तथा पत्रकार कुन्द दीक्षित जलवायु तथा द्वन्द्वबारे कलम चलाउन रूचाउँछन्। अंग्रेजी भाषाको साप्ताहिक पत्रिका 'नेपाली टाइम्स'का सम्पादक तथा प्रकाशक दीक्षित काठमाडाँै विश्वविद्यालयका पत्रकारिता विषयका प्राध्यापक पनि हुन्।
बत्तिस पुतलीस्थित शिल्पी थियटरको मञ्च। मधुरो प्रकाशको किरण। सोमबार अपरान्ह् त्यही मञ्चमा कोही कपडा सिलाउदै त कोही चौतारामा बाघचाल खेल्दै थिए। कोही भने घरपरिवारकै लागि खाना जोहो गर्दै थिए।
जनकपुरमा रहँदा रेडियो नाटक गर्दागर्दै मैथिली नाट्यकर्मी रविन्द्र झाको सहयोगमा सरिता साह शरंगमञ्चमा प्रवेश गरेकी हुन्। नाटककै लागि २०६९ मा काठमाडौँ आएकी उनले शिल्पी थिएटरको नाटकघर बनाउँदा इँटा बोक्दै त्यहीँ अभिनय पनि सिकेकी हुन्। शिल्पीमै उनले धेरै वटा नाटक गरिन् र अभिनय कुशलताका कारण थुप्रै प्रशंसा पनि पाइन्।
चर्चित हिन्दी उपन्यासकार वेदप्रकाश शर्माको ६२ वर्षको उमेरमा मृत्यु भएको छ। हिन्दी साहित्यमा उनले लेखेका उपन्यास सबैभन्दा बढी बिक्री हुने सूचिमा पर्छन्।