इमानदार लेखनको प्रयास
जीवनको ऊर्जाशील समय राजनीतिमा बिताएका राधाकृष्ण मैनालीले लेखेको संस्मरणात्मक कृति हो– नलेखिएको इतिहास। बहुचर्चित झापा विद्रोहदेखि सुरु गरेरर ०७२ सालसम्मको समकालीन राजनीतिक उथलपुथलपूर्ण परिदृश्य समेट्ने क्रममा पुस्तकमा मैनालीले आफ्नो पारिवारिक इतिहास, बाल्यकाल, युवावयका प्रसङ्ग उल्लेख गरेका छन्। यति भएर पनि पुस्तक उनको आत्मकथा नभएर मैनाली प्रत्यक्ष संलग्न रहेका अथवा तत्कालीन समयमा उनका वरिपरि भएका घटना एवम् तीनमा संलग्न पात्रबारे धेरै प्रसङ्ग समेटेर तयार पारिएको संस्मरण कृति बन्न पुगेको छ।