४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दमौली अस्पतालमा अबदेखि १२ घण्टा ओपिडी सेवा

सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरंग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन गर्ने भएको छ।

मुग्लिन-पोखरा सडक विस्तार: चैतभित्र अनधिकृत संरचना हटाउन आग्रह

व्यास नगरपालिकाले पृथ्वी राजमार्गअन्तर्गत दमौली बजारमा अनधिकृत रूपमा ठड्याइएका संरचना हटाउन आग्रह गरेको छ।

जीर्ण पाटीको संरक्षण गर्दै ‘तनहुँका घले’

तनहुँको सदरमुकाम दमौलीस्थित सेती र मादीको संगमस्थलनजिकै दमौलीघाटमा लोपोन्मुख अवस्थामा पुगेको पाटी संरक्षणमा तनहुँका आइतबहादुर घले मर्मतसम्भारमा लागेका छन्।

अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीको उपचार गरेपछि मेडिकल सञ्चालक पक्राउ

आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन्।

तनहुँ सदरमुकाम दमौली डेंगी ‘हटस्पट’ बन्दै

तनहुँको सदरमुकाम दमौली पछिल्लो समय डेंगीको ‘हटस्पट’ बन्दै गएको छ। पछिल्लो साता दिनमा कम्तिमा एकसय जनामा डेंगी संक्रमण पुष्टि हुने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ। डेंगी संक्रमित भएका अधिकांश बासिन्दा सदरमुकाम दमौली बजारभित्रका बासिन्दा हुन्। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। तनहुँमा यो वर्ष अहिलेसम्म डेंगी संक्रमितको संख्या १७ सय १४ पुगेको छ।

मर्मतको पन्ध्र दिनमै बिग्रियो ‘डायलासिस’ उपकरण

तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रको ‘डायलासिस’ उपकरण मर्मतको पन्ध्र दिनमै पुनः बिग्रिएको छ।

देशभरका कवि, साहित्यकार दमौलीमा

भाषा साहित्य र संस्कृतिको उत्थान, साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ तनहुँको सदरमुकाम दमौलीमा राष्ट्रिय साहित्य सम्मेलनको आयोजना गरिएको छ।

दमौलीमा राष्ट्रिय साहित्य सम्मेलन हुने

गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा राष्ट्रियस्तरको साहित्य सम्मेलन हुने भएको छ। साहित्यको संरक्षण, प्रवर्द्धन र व्यासभूमि दमौलीको प्रचार–प्रसार गर्ने उद्देश्यसहित वाङ्मय प्रतिष्ठानले राष्ट्रियस्तरको साहित्य सम्मेलन गर्न लागेको हो।

ठेकेदार सम्पर्कविहीन हुँदा भवन अधुरै

निर्माणाधीन आन्तरिक राजस्व कार्यालय दमौलीको कार्यालय भवन अधुरै रहेको छ। निर्माण सम्पन्न हुनुपर्ने समयमा कार्यालय भवन आधा निर्माण गरी ठेकेदार सम्पर्कविहीन भएका छन्।

डायलायसिस सेवा पुनः सञ्चालनमा

तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा डायलायसिस सेवा पुनः सञ्चालन गरिएको छ। उपकरण बिग्रिएपछि यहाँ डेढ महिनादेखि सो सेवा ठप्प थियो।

उपनिर्वाचन शान्तिपूर्ण ६० प्रतिशत मत खस्यो

प्रतिनिधिसभा सदस्यका तीन रिक्त सिटका लागि आइतबार भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

चुनाव आयो भन्छन्, खै कहाँ आयो चुनाव?

चुनावमा गएर के गर्ने बेलुकीको छाक कसरी टार्ने भन्ने चिन्तामा रहनु परेको डुम्रेमा सडक व्यापार गर्दै आएकी गोर्खाको पालुङटार नगरपालिका–७ माहिलीटारकी ५० वर्षीया देवीमाया कुमाल बताउँछिन्। ‘चुनाव आयो भन्छन्। खै कहाँ आयो चुनाव? भोट दियो नेताले जित्छन्। न त फर्केर आउँछन् न त हाम्रो दुःख फेरिन्छन्,’ उनी भन्छिन्,

निःशुल्क स्वास्थ्य शिविरबाट लिए पाँच हजार जनाले सेवा

त्यस्तै दन्त रोगका नौ सय नौ, आँखा परीक्षण नौ सय पाँच, स्त्री रोगका सात सय पाँच, छालासम्बन्धी पाँच सय ७०, मुटुरोगसम्बन्धी पाँच सय २५, नाक, कान र घाँटीका दुई सय ७० र दुई सय ५० जनाले बालरोगसम्बन्धी स्वास्थ्य परीक्षण सेवा तथा औषधि लिएका छन्।

नवौँ राष्ट्रिय खेलकुदः महिला बास्केटबलमा ६ प्रदेश सहभागी

प्रतियोगिताका लागि बजार क्षेत्रमा स्वागतगेट, व्यानर टाँसिएको छ। शुक्रबार बिहान ११ बजे सम्पूर्ण जातजाति, विभिन्न क्लब, सङ्घसंस्था, खेलाडीको सहभागितामा झाँकी प्रदर्शन गरिनेछ। झाँकी निर्मल मावि प्राङ्गणमा पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ।

बर्दिबास बजारको एक भवनमा भीषण आगलागी

जीम क्लब रहेको भवनको दोस्रो तल्लामा आगो लागेको हो । पहिलो तल्लामा सिद्धार्थ बैंक छ भने तल सटरहरु छन्। आगो विस्तारै बढ्दै गएपछि आसपासमा पनि क्षति पुर्‍याउन सक्ने अनुमान छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्