४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दमौलीमा डेंगुका सात बिरामी भेटिए

एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, आँखाको गेडी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने र कमजोरी हुने डेंगुका मुख्य लक्षण हुन्। उनले भने, 'बिरामीको अवस्था गम्भीर देखिएमात्रै अन्यत्र अस्पतालमा रिफर गरिनेछ।'

एक साता बन्द हुने बेँसीसहर-चामे सडक

बेँसीसहर–चामे सडक एक हप्ता बन्द हुने भएको छ। उक्त सडकअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा सडक ढलान कार्यका लागि आज बिहान ८ बजेदेखि एक हप्ता बन्द हुने भएको हो।

पाँच घण्टापछि दमौलीको आगो नियन्त्रणमा

तनहुँ सदरमुकाम दमौलीको हार्डवेयरबाट सुरु भएको आगो नियन्त्रण गर्न कम्तिमा पाँचघण्टा लागेको छ। पाँच घण्टापछि आगो नियन्त्रणमा आएपनि अझै ननिभेको प्रहरीले बताएको छ।

दमौलीमा आगो निभाउन पोखरादेखि दमकल लगियाे (अपडेट)

तनहुँको सदरमुकाम दमौलीमा भीषण आगलागी भएको छ। अहिले आगो नियन्त्रणको प्रयास जारी छ। आगो निभाउन हम्मेहम्मे भएको प्रहरीले बताएको छ। ५० किलोमिटर टाढाको पोखरादेखि दमकल लगेर आगो निभाउने प्रयास भईरहेको छ।

तनहुँको दमौलीमा भीषण आगलागी (तस्बिरसहित)

तनहुँको सदरमुकाम दमौलीमा भीषण आगलागी भएको छ। अहिले आगो नियन्त्रणको प्रयास जारी छ । आगो निभाउन हम्मेहम्मे भएको प्रहरीले बताएको छ।

साँझ परेपछि चितुवा कै त्रास

बीस महीनाको अवधिमा तनहुँका तीन पालिकामा चितुवाको आक्रमणबाट आठ बालबालिकाले ज्यान गुमाए। चितुवाको आक्रमणबाट भानु नगरपालिकामा ६, शुक्लागण्डकी नगरपालिकामा एक र आँबुखैरेनी गाउँपालिकामा एक बालबालिकाले ज्यान गुमाउनुपर्‍यो।

दमौली अस्पतालबाट चार वर्षमा २५ हजार डायलासिस

केन्द्रले चार वर्षको अवधिमा २४ हजार ९८६ पटक डायलासिस सेवा प्रदान गरिएको केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए।

'विप्लव' समूहका तीन जना कार्यकर्ता पक्राउ

नेत्रविक्रम चन्द 'विप्लव' समूहका तीन जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द समूहको पार्टीका स्याङ्जा जिल्ला सेक्रेटरी गोकुल पराजुली, जिल्ला सदस्यद्वय सागर अर्याल र जीवन क्षेत्री रहेका छन्।

बिरामीको चाप बढ्दो

सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा भाइरल ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । गर्मी मौसम सुरुआतसँगै उक्त रोगबाट बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला अझ बढी प्रभावित भएका छन् ।

मध्यमर्स्याङ्दी–दमौली–मर्स्याङ्दी प्रसारण लाइन संचालन

मध्यमर्स्याङ्दी–दमौली–मर्स्याङ्दी १३२ केभी डबल सर्किट प्रसारण लाइन संचालनमा आएको छ। नेपाल विद्युत प्राधिकरणले २२ किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न गरी सोमबारबाट सञ्चालन (चार्ज)मा ल्याएको हो।

दमौलीमा सुनिए हेमन्त

गण्डकी वाङमय प्रतिष्ठानको आयोजनामा भएको एकल कविता वाचन कार्यक्रममा डोट्याली कवि हेमन्त विवशले तनहुँ सदरमुकाम दमौली बजारमा सुदूरपश्चिमको सुवास छरेका छन्।

दमौली अस्पतालमा निमोनियाका बिरामी बढे

एकसाता यतादेखि तनहुँमा अत्यधिक चिसो बढेसँगै दमौली अस्पतालमा बिरामीको संख्या बढेको छ।  दैनिक २०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको सो अस्पतालले जनाएको छ। रुघाखोकी, ज्वरो, निमोनिया, बाथलगायतका बिरामीको संख्या बढेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा पवनजंग रायमाझीले बताए। व्यास नगरपालिका र छिमेकी गाउँपालिकाबाट बिरामी उपचारका लागि आउने गरेका छन्, उनले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्