३ असार २०८१ सोमबार
image/svg+xml
समाज

पाँच घण्टापछि दमौलीको आगो नियन्त्रणमा

तनहुँ सदरमुकाम दमौलीको हार्डवेयरबाट सुरु भएको आगो नियन्त्रण गर्न कम्तिमा पाँच घण्टा लागेको छ। पाँच घण्टापछि आगो नियन्त्रणमा आएपनि अझै ननिभेको प्रहरीले बताएको छ।  

तनहुँका डिएसपी युवराज खड्काले पसलमा लागेको आगो निभाउन कम्तिमाल पाँच घण्टा लागेको बताए। उनका अनुसार प्रहरीलाई १० बजेर १० मिनेट जाँदा आगोलागेको बारेमा जानकारी पुगेको थियो। त्यसपछि पुगेको प्रहरीले टोलीले निभाउने प्रयास गरेपनि नसकेपछि वारुणयन्त्र ल्याइएको थियो। आगोले भीषण रुप लिँदै गएपछि काठमाडौंबाट हेलिकप्टर समेत मगाइएको थियो। 

सुरक्षाकर्मी, ब्यास नगरपालिकाको बारुणयन्त्रले मात्र आगो नियन्त्रणमा आउन नसकेपछि पोखराबाट दमकल मगाइएको थियो। पोखरा महानगरपालिकाबाट गएका दुईवटा दमकल र काठमाडौंबाट आएको हेलिकप्टरको भरमा पाँच घण्टा पछि आगो नियन्त्रणमा आएको उनले बताए। ‘आगो नियन्त्रण गर्न कम्तिमा पाँच घण्टा लाग्यो, तर, पुरै निभ्न भने अझै समय लाग्नेछ, भित्रभित्र सल्केको आगो निभ्न समय लाग्ने नै भयो,’ उनले भने।  

उनका अनुसार भुपाल हार्डवेयरबाट आगलागी सुरु भएको थियो। त्यो आगो फैलिँदै गएर आसपासका अरु पसलमा पनि आगो सल्केको थियो। भुपाल हार्डवेयरको गोदाम पूर्णरुपमा जलेको छ। क्षतिको विवरण यकिन नभएको पनि उनले बताए।  

प्रकाशित: २२ फाल्गुन २०७८ ०९:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App