४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बर्दिबास बजारको एक भवनमा भीषण आगलागी

महोत्तरीको बर्दिबास बजारमा रहेको एक भवनमा भीषण आगलागी भएको छ। आगलागी भएपछी केहीबेर भागदौड मच्चिएको छ। 

प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणकाे प्रयास गरिरहे पनि अहिलेसम्म बारुण यन्त्र पुग्न सकेको छैन।

जीम क्लब रहेको भवनको दोस्रो तल्लामा आगो लागेको हो। पहिलो तल्लामा सिद्धार्थ बैंक छ भने तल सटरहरु छन् । आगो विस्तारै बढ्दै गएपछि आसपासमा पनि क्षति पुर्‍याउन सक्ने अनुमान छ।

आगलगीको कारण खुल्न सकेको छैन।

प्रकाशित: १६ श्रावण २०७९ ०९:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App