५ मंसिर २०८१ बुधबार
image/svg+xml

नेकपामा तीन नेताका तीन तयारी, पूर्व एमाले मिलाउने ओलीको प्रयास

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता संकटमा परेपछि संकट मोचनको आ–आफ्नै तयारी गरेका छन्।

कांग्रेसले तीन दिनसम्म झण्डा आधा झुकाउने

नेपाली कांग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ।

महासचिव पौडेल र रावल छुट्टाछुट्टै छलफलमा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र आन्तरिक विवाद चर्किरहेका बेला महासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य भीम रावलबीच भेटघाट भएको छ।

हाम्रा सेना प्रमुखले गर्ने नेपाल भ्रमणले दुई देशबीचको सैनिक सम्बन्ध अझ बलियो बनाउनेछ : भारत

भारतले भोलि बुधबारदेखि आफ्ना सेना प्रमुखले गर्न लागेको नेपालको भ्रमणले दुई देशबीचको रक्षा सम्बन्धलाई अझ बलियो बनाउने बताएको छ।

कांग्रेस नेताहरुद्वारा सांसद केसीको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य, सङ्घीय सांसद एवं उद्योगी सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गरेका छन्।

सैनिक अधिकारीसमेत रहेका राजकुमार हिमाल चढ्दा किन दिइएन सेनालाई जानकारी ?

सोलुखुम्बुमा रहेको आमादब्लम हिमाल आरोहण गर्न कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आधार शिविर पुगेपछि नेपाली सेना सहितको सुरक्षाकर्मीले त्यहाँ सर्भिलेन्स गरिरहेको छ।

जुटेन कांग्रेसमा सहमति, दुबै पक्ष आ–आफ्नो अडानमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष र असन्तुष्ट पक्ष आ-आफ्नो अडानमा कायमै देखिएका छन्। नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षले उठाएको १६ बुँदे मागका विषयमा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल भएपनि दुबै पक्ष आ–आफ्नो अडानमा कायमै रहेका हुन्।

कांग्रेस १४ औं महाधिवेशन २०७८ जेठमा !

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी जेठमा गर्न पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा प्रस्ताव आएको छ। नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षले उठाएका मागसहितका विषयमा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको छलफलमा फागुन ७ देखि १४ औं महाधिवेशन सम्भव नभएको भन्दै जेठका लागि नयाँ मिति तोक्न प्रस्ताव गरेका हुन्।

महासंघका वरिष्ठ उपाध्यक्षमा प्रधानको उम्मेदवारी दर्ता

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोरकुमार प्रधानले मनोनयन दर्ता गराएका छन्।

२० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै केन्द्रीय बैंक

नेपाल राष्ट्र बैंकले यही कात्तिक १९ गते २० अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र २०८७ घ’ बिक्री गर्ने भएको छ।

उद्योग वाणिज्य महासंघमा दुई प्यानल

नेपाल उद्योग वाणिज्य महासंघका नयाँ नेतृत्व चयन गर्नका लागि दुई प्यानल निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्।

कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ।

बादलको दौडधुप वालुवाटार–खुमलटार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चुलिएपछि सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ विवाद मिलाउन वालुवाटार खुमलटार दौडधुप शुरु गरेका छन्।

अमेरिकाको निर्वाचन र हामी नेपाली

मंगलबार अर्थात् नोभेम्बर ३ मा अमेरिकामा राष्ट्रपति चुन्ने चुनाव हुुँदै छ। त्यहाँको संविधानअनुसार हरेक ४ वर्षमा नोभेम्बर ३ का दिन यस्तो निर्वाचन हुन्छ।

तीन राजदूतबाट शपथ ग्रहण

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिएका छन्। राजदूतहरु गेहेन्द्र राजभण्डारी(बेल्जियम), तापस अधिकारी(पाकिस्तान) र रामजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएको प्रवक्ता हरिप्रसाद दहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्