एसियाली खेलकुद :महिला भलिबलमा नेपाल भारतसँग पराजित
चीनमा जारी १९ औं एसियाली खेलकुद अन्र्तग महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ।
चीनमा जारी १९ औं एसियाली खेलकुद अन्र्तग महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ।
१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्सविरुद्ध पहिला ब्याटिङ गर्दैछ।
१९ औं एसियाली खेलकुद प्रतियोगितमा कुसल मल्लले किर्तिमानी सतक तथा दिपेन्द्रसिंह ऐरीले किर्तिमानी अर्धसतक बनाएका छन।
१९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले मंगोलिया विरुद्ध ३१४ रनको विशाल योगफल तयार गरेको छ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १० ओभरमा २ विकेट गुमाएर १२२ रन बनाएको छ।
१९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलियाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ।नेपालले पहिलो विकेटको रुपमा आसिफ़ शेख़लाई गुमाएको हो।
चिनमा भइरहेको १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले मंगोलियासँग टस हारेको छ।चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा अहिले ६ :४५ बजे देखि सुरु हुने खेलमा मंगोलियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ।
नेपालले १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा आज मंगोलियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार अहिले बिहान ६:४५ मा चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा खेल सुरु हुनेछ।
१९औँ एसियाली खेलकुद, २०२३ अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरिएको छ। नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएको हो।
१९ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल नेपाली नेपाली टोली भियतनामसँग पराजित भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको बिदाइ गरेका छन्।
चीनको हाङचाउमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली कपर्दी महिला टिमले भारतको हरियाणामा एक महिनाको विशेष प्रशिक्षणमा सहभागी हुने भएका छन्। यसक्रममा टिमले सात अभ्यास खेल पनि खेल्नेछ। प्रशिक्षण त्यहाँको गुरुकुल एकेडेमीमा सञ्चालन हुनेछ।
नेपाल टेनिस संघले बिली जिन किङ्स कपका लागि ४ महिला खेलाडी छनोट गरेको छ। सातदोबाटोमा भएको छनोट प्रतियोगिताबाट अभिलाषा विष्ट, माहिका राणा, सुनिरा थापा र रायना शाह छनोट भएको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन्।
चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोमा सहभागी हुने काठमाडौं जिल्लाका खेलाडीलाई काठमाडौं जिल्ला तेक्वान्दो संघले प्रोत्साहन स्वरुप ट्रयाकसुट र टिसर्ट प्रदान गरेको छ।
चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि ४ खेलाडी छनोट भएका छन्।