१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

१९ औं एसियाली खेलकुद :आज क्रिकेटमा नेपालले मंगोलियासँग खेल्दै

फाइल :तस्बिर

नेपालले १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा आज मंगोलियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार अहिले बिहान ६:४५ मा चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा खेल सुरु हुनेछ।

नेपाल पहिलो खेलमै सानदार जितका साथ प्रतियोगितामा अघि बढ्न चाहन्छ । नेपालविरुद्ध खेलसँगै मंगोलियाले अन्तर्राष्ट्रिय डेब्यू गर्दै इतिहास रच्नेछ ।कमजोर मंगोलियाविरुद्ध नेपाललाई भने विश्व कीर्तिमानको वर्षात गराउने अवसर हुनेछ ।

नेपालले दोस्रो खेल भने आइतबार माल्दिभ्ससँग खेल्ने ।आइसिसी टि२० विश्वकप एसिया रिजनल क्वालिफायर ए जुधेको कारण माल्दिभ्सले दोस्रो रोजाईको टोली पठाएको छ।

क्वाटरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान मध्य एक टोलीसँग खेल्नुपर्ने हुन्छ । एसियाडमा  

क्रिकेटमा नेपाललाई  पदकको दाबेदार टोलीको रुपमा हेरिएको छ।

प्रकाशित: १० आश्विन २०८० ००:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App