१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

१९ औं एसियाली खेलकुद : मंगोलियाविरुद्ध नेपालको पहिलो विकेट गयो

१९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलियाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ।नेपालले पहिलो विकेटको रुपमा आसिफ़ शेख़लाई गुमाएको हो। उनी १७ बलमा २ चौका सहित १६ रन बनाएर आउट भएका छन।नेपालले पहिलो विकेट ४ दशमलब ५ ओभरमा ४२ रन हुँदा गुमाएको हो ।अहिले कुसल भुर्तेल र कुसल मल्ल क्रिजमा छन।कुसल भुर्तेल १७ तथा कुसल मल्ल १ रन बनाएर खेलिरहेका छन । ताजस्थीतमा नेपालले ५ ओभरमा १ विकेट गुमाएर ४४ रन बनाएको छ।  

चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा विहान ६ :४५ बजे देखि सुरु भएको यो खेलमा मंगोलियाले टस जितेर नेपाललाई पहिलाब्याटिङ गर्ने निम्तो दिएको हो।  

मंगोलियाले पहिलो चोटी अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेको हो।एसियाली खेलकुदमा नेपालले पदक जित्ने आसा गरिएको छ।  

 समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेल आइतबार माल्दिभ्ससित खेल्नेछ । समूह ‘ए’मा शीर्षस्थानमा रहन सके नेपाल क्वाटरफाइनलमा प्रवेश गर्ने छ । क्वाटरफाइनलमा नेपालले भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र अफगानिस्तानमध्ये एउटा टोलीसित खेल्ने छ । पाँचवटै देशले एकदिवसीय विश्वकप प्रतियोगिताका कारण आफ्नो दोस्रो टोली एसियाली खेलकुदमा सहभागिताका लागि पठाएका छन्।

नेपाली टोली 

कुशल भुर्तेल,आसिफ़ शेख़ ,अबिनाश बोहरा गुलशन झा,संदीप जोरा,सोमपाल कामी,करण के सी,संदीप लामिछाने,कुशल मल्ल,रोहित पौडेल कप्तान र दीपेंद्र सिंह ऐरी

बेन्चमा रहेका खेलाडी

प्रतीस जी सी,बिनोद भंडारी,बिबेक यादव र ललित राजबंशी

प्रकाशित: १० आश्विन २०८० ०१:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App