२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

प्रधानमन्त्रीले यसरी गरे १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीको बिदाइ

प्रधानमन्त्री पुष्पकमल दाहालले १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको बिदाइ गरेका छन्।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको एक कार्यक्रमकाबीच दाहालले खेलाडीहरूको बिदाइ गरेका हुन्।

उनले सहभागी हुने सम्पूर्ण खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई  बधाइका साथ प्रतियोगितामा सफलताको शुभकामना पनि दिएका छन्।

यही असोज ६ गतेदेखि २१ गतेसम्म छिमेकी राष्ट्र चीनको हाङ्झाओमा १९ औँ एसियाली खेलकुद प्रतियोगितामा हुँदै छ।

विश्वका ४५ देशको सहभागिता रहने प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरूष गरी २५३ जना खेलाडी सहभागी हुँदै छन्।  

प्रकाशित: २८ भाद्र २०८० १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App