१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

१९ औं एसियाली खेलकुद : कुसल मल्लको किर्तिमानी सतक संगै नेपालले मंगोलिया विरुद्ध ३१४ रन बनायो

१९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले मंगोलिया विरुद्ध ३१४ रनको विशाल योगफल तयार गरेको छ।नेपालले कुसल मल्लको किर्तिमानी सतक संगै निर्धारीत २० ओभरमा ३ विकेट गुमाएर ३१४ रन बनाएको हो।३४ बलमा शतक पूरा गर्दै  कुशल मल्लले टी अन्तर्राष्ट्रियमा क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने खेलाडीको किर्तिमान राखेका हुन ।

मल्ल५० बलमा ८ चौका र १२छक्का संगै १३७ रनमा नट आउट रहे।त्यसैगरी कप्तान रोहित पौडेलले ६१ तथा दिपेन्द्र सिंह ऐरीले ५२ रनको योगदान दिए। दीपेन्द्रसिंह ऐरी १० बलमा ८ छक्कासहित ५२ रनमा क्रिजमा नटआउट रहे ।

यो टि२० इतिहासकै उच्च योगफल हो । यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान २ सय ७८ रन बनाएका थिए ।

चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा विहान ६ :४५ बजे देखि सुरु भएको यो खेलमा मंगोलियाले टस जितेर नेपाललाई पहिलाब्याटिङ गर्ने निम्तो दिएको हो।

यस नेपालले पहिलो विकेटको रुपमा आसिफ़ शेख़ ,दोश्रो विकेट कुसल भुर्तेललाई तथा तेश्रो विकेट कप्तान रोहित पौडेललाई गुमाएको हो। कुसल भुर्तेल १९ तथा आसिफ शेख १६ रनमा आउट भए।

मंगोलियाले पहिलो चोटी अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेको हो।एसियाली खेलकुदमा नेपालले पदक जित्ने आसा गरिएको छ।

समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेल आइतबार माल्दिभ्ससित खेल्नेछ । समूह ‘ए’मा शीर्षस्थानमा रहन सके नेपाल क्वाटरफाइनलमा प्रवेश गर्ने छ।क्वाटरफाइनलमा नेपालले भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र अफगानिस्तानमध्ये एउटा टोलीसित खेल्ने छ । पाँचवटै देशले एकदिवसीय विश्वकप प्रतियोगिताका कारण आफ्नो दोस्रो टोली एसियाली खेलकुदमा सहभागिताका लागि पठाएका छन्।

नेपाली टोली
कुशल भुर्तेल,आसिफ़ शेख़ ,अबिनाश बोहरा गुलशन झा,संदीप जोरा,सोमपाल कामी,करण के सी,संदीप लामिछाने,कुशल मल्ल,रोहित पौडेल कप्तान र दीपेंद्र सिंह ऐरी

बेन्चमा रहेका खेलाडी

प्रतीस जी सी,बिनोद भंडारी,बिबेक यादव र ललित राजबंशी

प्रकाशित: १० आश्विन २०८० ०२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App