१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

१९ औं एसियाली खेलकुद : महिला फुटबलमा नेपाल भियतनामसँग पराजित

तस्बिर :सौजन्य /एन्फा

१९ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल नेपाली नेपाली टोली भियतनामसँग  पराजित भएको छ।

चिनको हानजाओमा आज भएको समूह डी को पहिलो खेलमा भियतनामसँग नेपाल २-० गोलले पराजित भएको हो।

पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने २ गोल खाएसँगै २-० को हार बेहोरेको हो ।नेपालले अब आउने सोमबार समूहको दोस्रो खेलमा जापानसँग खेल्नेछ।समूहको अन्तिम खेल बङ्गलादेशसँग बिहीबार हुनेछ।

हरेक समूहबाट शीर्ष टोली र उत्कृष्ट ३ उपविजेता अघिल्लो चरणमा पुग्नेछन्। 

प्रकाशित: ५ आश्विन २०८० १३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App