१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

१९ औं एसियाली खेलकुद: नेपाल माल्दिभ्सविरुद्ध पहिला ब्याटिङ गर्दै

१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्सविरुद्ध पहिला ब्याटिङ गर्दैछ।  

चीनमा जारी यो खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन।खेल नेपाली समय अनुसार अहिले विहान ६ ४५ बाट सुरु भएको छ।

नेपालले पहिलो खेलमा मंगोलियालाई २ सय ७३ रनले हराएको थियो। मंगोलियाविरुद्ध ११ विश्व कीर्तिमान बनाएको नेपालले माल्दिभ्सविरुद्ध पनि त्यस्तै नतिजा निकाल्न चाहन्छ।

माल्दिभ्सले दोस्रो रोजाईको टोली एसियाड खेल्न पठाएको छ । पहिलो रोजाईको टोली कतारमा आइसिसी टि२० विश्वकप एसिया रिजनल छनोट ए खेलेको छ । दुई प्रतियोगिता जुधेपछि एसियाडको लागि दोस्रो रोजाईको टोली पठाएकोछ ।

माल्दिभ्सले पनि पहिलो खेलमा मंगोलियालाई ९ विकेटले हराएको थियो ।विश्व वरियतामा टि२० आईमा माल्दिभ्स ७८ औं र नेपाल १६ औं स्थानमा छ ।  

नेपालको प्लेइङ-११

कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा 

प्रकाशित: १४ आश्विन २०८० ०१:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App