मतदानपछि प्रधानमन्त्री देउवाले भने- 'कांग्रेसले बहुमतसहित सरकार बनाउँछ'
प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्। उनले डडेलधुरास्थित गन्यापधुराको असिग्राम माविस्थित मतदान केन्द्रमा मतदान गरेका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्। उनले डडेलधुरास्थित गन्यापधुराको असिग्राम माविस्थित मतदान केन्द्रमा मतदान गरेका हुन्।
सरकारले सातवटै प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्ने सम्भावित भवन र ठाउँ छनोट गरेको छ । प्रदेशसभा बैठक बस्ने भवन छनोट गर्न सहरी विकास मन्त्रालयका सहसचिव राजेन्द्र पौडेलको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री कार्यालयलाई बुझाएको प्रतिवेदनका आधारमा सरकारले सातै क्षेत्रमा सम्भावित स्थान र भवन छनोट गरेको हो । सरकारको यो छनोट अन्तिम नभएर प्रारम्भिक हो ।
प्रायः जसो कम्युनिस्ट नेतृत्वको सरकार बन्दा ओरालो र कांग्रेस नेतृत्वको सरकार बन्दा उकालो लाग्ने गरेको सेयर बजार यसपालि भने काँग्रेस नेतृत्वको सरकार बन्दा पनि ओरालो लागेको छ ।
नेकपा (एमाले) नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार माधवकुमार नेपालले वाम गठबन्धनको सरकार बनेपछि मुलुकमा काममा ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य हुने बताएका छन्। उनले वाम गठबन्धनको सरकार बनेपछि कानुनी शासनको प्रत्याभूति र जनतालाई स्वदेशमै रोजगार उपलब्ध गराउने विश्वास व्यक्त गरे।
खोटाङमा सरकारी माेटरसाइकल मर्मतका क्रममा मनपरी बिल बनाएर पेस गर्ने गरेको पाइएको छ । दिक्तेल, हलेसी र महुरेमा सञ्चालित वर्कसपमा कर्मचारीले सेतो प्लेटवाला मोटरबाइक मर्मतका क्रममा बिल बढाएर लैजाने गरेको पाइएको हो।
खोटाङमा सरकारी बाईक मर्मतकाक्रममा मनपरी बिल बनाएर पेश गर्ने गरेको पाइएको छ। दिक्तेल, हलेसी र महुरेमा सञ्चालित वर्कशपमा कर्मचारीले सेतो प्लेटवाला मोटरबाईक मर्मतकाक्रममा बिल बढाएर बनाएर लैजाने गरेको पाइएको हो।
दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिँदै आउँदा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहप्रदेशमा केन्द्रित भएका छन् । देउवाको गृहजिल्ला डडेल्धुरा प्रदेश नम्बर ७ मा पर्छ।
शेरबहादुर देउवा मन्त्रिपरिषदले मतदातालाई प्रभावित बनाउने गरी निर्णय गर्दै अाएकाे छ। यसै क्रममा दोस्रो चरण निर्वाचन अाउन ७ दिन बाँकी रहँदा बिहीबार मन्त्रिपरिषद बैठकबा६ मकवापुर हेटौंडाको बाइपास सडकबारे निर्णय लिएको छ।
निर्वाचन आयुक्त नरेन्द्र दाहालले चुनावी सुरक्षामा बिशेष सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गरेका छन् । उनले उम्मेदवारहरु माथि भएका पछिल्ला निसानाले सुरक्षा मजबुत हुन नसकेको संकेत गरेको भन्दै सुरक्षाको चुस्त बन्दोबस्तीका लागि सरकारसंग आग्रह पनि गरेका छन् ।
गोरखा भूकम्प’ गएको तीस महिना हुँदा सरकारी अनुदान रकम लिएर गोरखामा चार हजार ५८५ वटा भूकम्प प्रतिरोधी घर निर्माण भएका छन्। भूकम्पले करिब ७० हजार वटा घर तथा गोठ भत्किएको भए पनि सरकारले ६१ हजार ३०० जना लाई घर बनाउन अनुदान दिने गरी लाभग्राही सूचीमा राखेको छ।
मुलुकको व्यापार घाटा क्रमशः नियन्त्रण बाहिर जान थालेपछि सरकारले यसलाई रोक्न श्वेतपत्र जारी गर्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको यही सरकारबाटै श्वेतपत्र जारी गर्ने गरी तयारी भइरहेको वाणिज्य मन्त्रालयले बताएको छ।
निर्वाचनको मुखमा सरकारले आर्थिक सहायताको नाममा एक हजार २ सय ७८ जना आफ्ना कार्यकर्तालाई करिब १६ करोड रुपैयाँ वितरण गरेको छ । यो बितेको तीन महिनामा सरकारले गृह मन्त्रालयमार्फत कार्यकर्तालाई वितरण गरेको रकममात्र हो । सरकारबाट आर्थिक सहायताको नाममा रकम बुझ्ने कार्यकर्ताले औषतमा एकजनाले एक लाख २३ हजार ४ सय ३५ रुपैयाँ बुझेका छन् ।
मुलुकमा २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि चारवटा सरकार बने । निर्वाचनपछि बनेको सुशील कोइरालाको सरकारबाहेक अरु कुनै पनि सरकार एक वर्ष भन्दा बढी टिक्न सकेनन् ।
विहार सरकारले खुल्ला ठाँउमा शौच गर्नेको तस्बिर लिन शिक्षकहरूलाई दिएको निर्देशनको सर्वत्र विरोध भएको छ । शिक्षकहरू आबद्ध रहेको एक संगठनले सरकारको यस्तो निर्देशन नमान्ने भन्दै विरोध गरेका हुन्।
पानी, खानी र जवानीले भरिपूर्ण देश नेपाल, २१औँ शताब्दीमा आइपुग्दा पनि विकासका लक्ष्य पहिल्याउने कसरतमै जुटिरहेको छ ।