२७ पुस २०८१ शनिबार
image/svg+xml

बलात्कार आरोपमा शिक्षक पक्राउ

आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले २३ बर्षिय शिक्षक प्रकाश खड्कालाई पक्राउ गरेको छ। शिक्षक खडका जिल्लाको सानीभेरी गाउँपालिकामा रहेको राप्तीज्ञानोदय माविमा कार्यरत थिए।

स्थायी प्रक्रियामा सहभागि गराउने सहमति पछि राहत शिक्षकको आन्दोलन फिर्ता

राहत शिक्षक र सरकाकारबीच तीन बुँदे सहमतिपछि शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ। आन्दोलनमा राहत शिक्षकसँगै  बाल विकास केन्द्र (इसिडी)का सहयोगी कार्यकर्ता समेत सहभागि रहेका थिए।

नक्कली प्रमाणपत्रधारीविरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी शिक्षक बनेका दिनेशकुमार पाल भेडिहरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ। उनले उत्तिम नवआदर्श प्राथमिक विद्यालय, बारामा शिक्षकको जागिर खान नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको दाबीसहित अख्तियारले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो।

राहतकोटा आन्दोलनले विद्यालय बन्द

राहतकोटामा सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरु आफ्नो दरबन्दी स्थायी हुनुपर्ने माग राख्दै तीन दिनदेखि चरणबद्ध आन्दोलनमा छन्। आन्दोलनका क्रममा उनीहरुले मंगलबार देशभरका सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द गराएका छन्।

राहत शिक्षकमाथि भएको प्रहरी हस्तक्षेपको कांग्रेसद्वारा विरोध

सोमबार दिउँसो बानेश्वरमा भएको राहत शिक्षकको आन्दोलनमा सरकारले बलजफ्ती गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रहरी हस्तक्षेपको भत्र्सना गरेको छ।

राहत शिक्षकको आन्दोलनमा पानीको फोहोरा, चार पक्राउ

राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ। राहत र बालविकास शिक्षकहरुले पेशागत सुरक्षा र स्थायीत्वको माग गर्दै नयाँ बानेश्वरमा आज प्रदर्शनी गरेका थिए। आन्दोलनको क्रममा उनीहरुले निषेधित क्षेत्रमा प्रवेश गर्न लागेपछि प्रहरीले पानीको फोहोरा  सहित लाठी चार्ज गरेको थियो।

शिक्षामा अन्योल कहिलेसम्म ?

२०२८ सालको नयाँ शिक्षा योजनाको पद्धतिपश्चात शिक्षकहरूलाई पेशागत व्यावसायिकरूपमा ढालियो। जसले गर्दा शिक्षण कार्य एउटा सेवा हो भन्ने भावनाबाट व्यावसायिक पनि हो भन्ने धारणा बन्दै आयो। परिणामतःशिक्षकहरू जागिरे मानसिकतातर्फ उन्मुख हुन थाले। सामुदायिक विद्यालयका शिक्षकले सरकारी जागिरेसरहनै सुविधा पनि पाउँदै आए। तत्कालीन व्यवस्थाले जागिरे मानसिकता ल्यायो। नयाँ शिक्षा योजनासँगै शिक्षकलाई तालिम दिने र तिनलाई नयाँ ज्ञान, सिप र धारणा दिइने कामले अहिलेसम्म निरन्तरता पाउँदै आएको छ। तर व्यवहारमा यसले खासै ऊर्जा प्राप्त गर्न सकेन। शिक्षामा विभिन्न पक्षका सम्बन्धमा राज्यले प्रशिक्षण दिने गरेतापनि त्यसले प्रभावकारी प्रतिफल नदिएको गुनासो सुन्नमा आउँछ।

समर्थकदेखि व्यवस्थापकसम्म

कुनै पनि क्लबले सफलता हात पार्दा सधैं त्यस क्लबका खेलाडी र प्रशिक्षकको योगदानको प्रशंसा गरिन्छ। यद्यपि, जुनसुकै क्लबको सफलताको पछाडि कयौं व्यक्तिको महत्वपूर्ण भूमिका रहने गर्दछ। तीमध्ये एक व्यवस्थापक त झनै मुख्य भूमिकामा हुन्छन्। तर सदैव यो पक्ष छायाँमा पर्ने गरेका छन्।

अस्पताल बनाउन पाँच लाख सहयाेग

थुलुङ दूधकोसी गाउँपालिका–९ का विद्यालय तथा शिक्षकहरूले अस्पताल निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग गरेका छन्।

मेरो कार्यकालमा स्तर बढ्छ : नवनियुक्त नेपाली फुटबल प्रशिक्षक

दुई वर्षका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त योहान कालिनले आफ्नो कार्यकालमा नेपाली फुटबलको स्तरोन्नति हुने बताएका छन्।

शिक्षक नियुक्ति पारदर्शी बनाउन गाउँपालिकाको यस्तो उपाय

शिक्षक नियुक्तिलाई मर्यादित र पारदर्शी बनाउन खोटाङको चुइचुम्मा गाउँपालिकाले नयाँ तरिका अपनाएको छ। पहुँचका भरमा आफ्ना मान्छे नियुक्त गरिएको आरोप चौतर्फी लाग्दै गरकाले गाउँपालिकाले भने फरक तरिकाले शिक्षक नियुक्तिको प्रक्रिया थालेको हो।

शिक्षक नियुक्त गरिदिने भन्दै १ लाख घुस माग्ने पक्राउ

यशोधरा गाउपालिका–३ स्थित वसन्तपुर मावि व्यवस्थापन समिति सदस्य विजयनाथ चौबे एक लाख घुस रकमसहित शनिबार बिहान तौलिहवबाट पक्राउ परेका छन्।

फुटबलका नयाँ प्रशिक्षक आए

अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठकले गत माघ ३ गते निर्णय गर्दै नियुक्त गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक स्विडेनका योहान कालिन बिहीबार नेपाली टोली सम्हाल्न काठमाडौं आएका छन्।

शिक्षकमाथि कुटपिटको विरोधमा विद्यालय बन्द

शिक्षकमाथि कुटपिट भएको विरोधमा आइतबार सर्लाहीस्थित ईश्वरपुर नगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालय बन्द गरिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्