रत्नपार्क-सूर्यविनायक खण्डमा ‘रातो कार्पेट’
दू्रत बस चल्ने लेनमा दुई–दुई सय मिटरमा रेड मार्क गरिएको छ। ‘यो सेवाबाट यात्रुले सहज सुविधा पाउने विश्वास लिएका छौं’, काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले भने, ‘एकडेढ घन्टासम्म लाग्न सक्ने यो सडक खण्डको यात्रा ४० देखि ४५ मिनेटमा पूरा हुने विश्वास लिएका छौं।’