११ पुस २०८१ बिहीबार
image/svg+xml

सरकार नागरिक अधिकारमाथि हस्तक्षेप गर्दै : कांग्रेस

नेपाली कांग्रेसका शीर्ष नेताहरूले केपी ओली नेतृत्व सरकार नागरिक अधिकार कमजोर बनाउन लागिपरेको बताएका छन्।

जनतालाई कर र महङ्गीको भार थोपरियो : सभापति देउवा

नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले जनतालाई कर र महङ्गीको भार थोपरेको आरोप लगाएका छन्। नेपाली काङ्ग्रेस बर्दियाको जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले जनतालाई विकास र सुशासन दिनुपर्नेमा उल्टै कर र महङ्गी बढाएर झन पीडा दिएको बताए।

अब कांग्रेस केन्द्रीय समितिमा १३१ सदस्य

नेपाली कांग्रेसले पार्टीको सबै तहलाई समावेशी बनाउनका लागि केन्द्रीय कार्यसमितिदेखि गाउँ तहसम्मको समितिको आधार बढाउने भएको छ।

प्रेस माथिको हस्तपेक्ष स्वीकार्य हुँदैन : सभापति देउवा

नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले नेपाली प्रेस माथि हुने जुनसुकै हस्तपेक्ष बिरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका छन। बुटवलमा रहेको बुद्ध समुदायिक टेलिभीजनको बार्षिक उत्सव समारोहको उद्घाटन गर्दै कांग्रेस सभापती देउवाले स्वतन्त्र प्रेस माथि हुने जुनसुकै हस्तक्षेप बिरुद्ध सिंगो पार्टीले संचार जगतलाइ पूर्ण साथ र सहयोग गर्ने बताए।

स-यो कांग्रेस बैठक

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक एकसाता पर सरेको छ। पार्टीको अनुशासन समिति र कार्यसम्पादन समिति गठनका लागि बिहीबार बिहान ११ बजेका लागि डाकिएको बैठक २८ गतेका लागि सारिएको हो।

संसदमा प्रधानमन्त्रीको राजीनामा माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै कांग्रेस नेता सिंहले सरकारका मन्त्रीहरुको संविधान उल्लंघन गरेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गरे।

बिमस्टेक सैन्य अभ्यासको निर्णय सच्याउन रावलको माग, कांग्रेसले प्रमसँग जवाफ माग्ने

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य राष्ट्रबीच भारतमा हुने भनिएको संयुक्त सैन्य अभ्यास विवादमा परेको छ। यो अभ्यासले चीन र पाकिस्तान जस्ता अन्य मित्र राष्ट्र चिढिने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरिरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताहरुले असन्तुष्टि जनाएका छन्।

सरकारको भनाई र गरार्ईको तालमेल मिलेन : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका आधारभूत आवश्यतालाई विर्सिएर बर्तमान सरकार रेल र पानीजाहज भन्दै हिडेको आरोप लगाएका छन्।

कञ्चनपुर बलात्कार घटनाको अपराधीलाई सरकारले लुकायो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारका घटनामा संलग्न अपराधीलाई कानुनको दायरामा ल्याएर कारबाही गर्न सरकार चुकेको बताएका छन्।

असोज १५ भित्र कांग्रेसले संशोधन मस्यौदा तयार गर्ने

नेपाली कांग्रेसले असोज १५ गतेभित्र नयाँ संविधानको व्यवस्थाअनुसार पार्टी विधान संशोधनका लागि मस्यौदा तयार पार्ने जनाएको छ।

सरकार अधिनायकवादतर्फ उन्मुखः महत

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह महामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन्। भगिनी संगठन नेपाल विद्यार्थी संघ उदयपुरद्वारा गाईघाटमा बिहीबार आयोजित ‘सुदृढ कांग्रेसका लागि नेविसंघको भुमिका’ विषयगत विचार गोष्ठीमा बोल्दै डा.महतले यस्तो आरोप लगाएका हुन्।

‘कोइराला परिवार मात्र हैन सम्पूर्ण कांग्रेसी एक बनाउने अभियानमा लागेको छु’

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गुटउपगुटका कारण पार्टीको अवस्था दयनीय भएको बताएका छन्। ‘भर्खरै सम्पन्न तीनवटै तहको निर्वाचनमा वामपन्थी शक्ति एक भएर कांग्रेस हारेको हैन’, बुधबार सर्लाहीको हरिवनमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री कोइरालाले भने, ‘पार्टी भित्रैको गुटउपगुटका कारण कांग्रेसले लज्जास्पद् हार व्यहोर्नु परेको हो।’

भदौं २१ भित्र सुझाव पठाउन अाग्रह

नेपाली कांग्रेसको विधान मस्यौदा समितिले भदौं २१ गतेभित्र विधान संशोधनका लागि लिखित सुझाव पठाउन मातहतका सबै निकालाई आग्रह गरेको छ।

कांग्रेस सर्लाहीमा चरम गुटबन्दी

नेपाली कांग्रेस सर्लाहीमा चरम गुटबन्दी देखिएको छ। महामन्त्री शशांक कोइरालाको प्रमुख आतिथ्यतामा मंगलबार सदरमुकाम मलंगवामा आयोजित कार्यक्रममा जिल्लास्तरीय नेता कार्यकर्ताले गुट उपगुटका कारण पार्टीको अवस्था धराशायी हुँदै गएको गुनासो समेत गरे। केन्द्रीय महामन्त्री प्रमुख अतिथि रहेको कार्यक्रममा जिल्ला सभापति नागेन्द्र कुमार रायसहित उनी निकटका नेता कार्यकर्ताको मञ्चमा उपस्थिती नै थिएन।

जनप्रतिनिधिलाई कांग्रेस निर्देशन : जताजतै कर नबढाउ

नेपाली कांग्रेसका शीर्ष नेताहरुले जनताको ढाडसेकीने गरी स्थानीय तहमा कर नबढाउन पार्टीको तर्फबाट निर्वाचित प्रमुख, उपप्रमुखहरुलाई निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्