८ पुस २०८१ सोमबार
image/svg+xml

कांग्रेसको ध्यान अब निर्वाचनमाः परियार

नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले पार्टीको ध्यान अब हुने स्थानीय तहको निर्वाचनमा रहने बताएका छन्।

‘दलहरुबीच परामर्शपछि मात्र एमसीसी अघि बढ्छ’

कांग्रेस लोकतान्त्रिक र लोकतान्त्रिक मूल्यमान्यतामा विश्वास गर्ने पार्टी रहेको र विधिसम्मत ढङ्गले चल्ने भएकाले वडादेखि केन्द्रसम्म निर्वाचनका माध्यमबाट नेतृत्व चयन गरिएको उनले बताए।

कांग्रेसमा क्रान्ति

थापा र शर्मा जोडी विजयी हुँदै गर्दा कार्यकर्ताले लगाएको नारा यथार्थ हो– ‘कांग्रेसमा क्रान्ति गगन–विश्वप्रकाश महामन्त्री।’

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणना जारी

मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो। विभिन्न १२ वटा समूहमा मतगणना भइरहेको र हालसम्म करिब ८०० मत गणना भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको महिला केन्द्रीय सदस्यमा चित्रलेखा विजयी

यादवले दुई हजार ७३१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी गीता चौधरीले एक हजार ८८५ प्राप्त गरेकाे समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। मतदानमा जम्मा चार हजार ६६२ मत खसेको र त्यसमध्ये ४६ मत बदर भएको थियो।

परीक्षामा कांग्रेस पदाधिकारी

आफ्नै समूहभित्र रहेका उपसमूहको सन्तुलन मिलाउनुपर्ने चुनौती त देउवालाई छँदैछ, त्यस अतिरिक्त १४औं महाधिवेशनमा चुनावी तालमेल गरेको सिटौला समूहलाई मात्र होइन,प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई पनि साथ लिनुपर्ने दबाब देउवामाथि पर्ने देखिन्छ।

एक दुखान्त नाटक

पौडेल समूहका सबै नेताले नायक बन्ने अभिनय गरे। संघर्ष पनि गरे। जनता तथा कार्यकर्तालाई आकर्षित गरे। तर, आफैँले कार्यकर्तालाई दिएको वचन तथा आफ्ना प्रतिबद्धताप्रति इमानदार रहेनन् ।

कांग्रेस सहमहामन्त्रीमा उपाध्याय, परियार र आङ्दाम्बे विजयी

महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन्। गत २७ गते भएको निर्वाचनमा दुई हजार ५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा उनी विजयी भएकी हुन्। उनको निकटतम प्रतिस्पर्धी कमला पन्तले दुई हजार १०५ मत ल्याएकी छन्।

कांग्रेसमा पुस्तान्तरणः पुरानो दलमा गगन र विश्वले नयाँ उत्साह

कांग्रेसभित्र पुस्तान्तरण र रूपान्तरणका लागि युवालाई पार्टी नेतृत्वमा ल्याउनुपर्ने आवाज उठे पनि दरिलो बनेको गुट प्रभावमा शर्मा विजयी हुनेमा धेरैले आशंका गरेका थिए। महाधिवेशन प्रतिनिधिले गुट होइन,विवेक प्रयोग गर्दै शर्मा र थापालाई निर्वाचित गरेर पुस्तान्तरणको सन्देश दिएका छन्।

नवनिर्वाचित कांग्रेस महामन्त्री शर्माद्वारा बिपीलगायत नेताको सालिकमा माल्यार्पण

सङ्ग्रहालयमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले पार्टीका संस्थापक नेता बिपी र वर्तमान युवाको सपना एकाकार गरेर कांग्रेसलालाई अघि बढाउने बताए।

परिणामलाई स्वीकार गरी निर्वाचित पदाधिकारीलाई सहयोग गर्छुः पौडेल

निर्वाचन परिणाम घोषणापछि पार्टी केन्द्रीय कार्यालय सानेपामा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले पार्टीलाई सुदृढ र संगठित बनाई अघि बढाउने कुरामा सधै साथ सहयोग गर्ने प्रतिवद्धता जनाए।

कांग्रेस सहमहामन्त्रीको मतगणना हुँदै

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ।

कांग्रेस महामन्त्री पदको मतगणना सुरु

कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । महामन्त्री पदमा पार्टीका युवा नेताहरु गगनकुमार थापा,डा. प्रकाशशरण महत, प्रदिप पौडेल, डा मीनेन्द्र रिजाल, डा. राजाराम कार्की र विश्वप्रकाश शर्मा उम्मेदवार रहेका छ्न्।

कांग्रेस महाधिवेशनले महिला नेतृत्वमा आउने मार्ग कोरिएको छः काेइराला

नेत्री कोइरालाले भविष्यमा आफूले उठाएको मुद्दामा प्रतिबद्ध भई समानताको सङ्घर्षमा अविचलित रही अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन्।

कांग्रेस महामन्त्री पदको मतगणना हुँदै

निर्वाचनको मतगणना आज बिहान ९ बजेदेखि पार्टी कार्यालय सानेपामा हुन लागेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्