१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसको महिला केन्द्रीय सदस्यमा चित्रलेखा विजयी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको मतगणना शुक्रबारदेखि सुरु भएको छ। सबै पदाधिकारीको मतगणना सम्पन्न भएपछि सुरु गरिएको केन्द्रीय सदस्य प्रदेश नं २ (महिला) एक पदमा चित्रलेखा यादव विजयी भएकाे पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

यादवले दुई हजार ७३१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी गीता चौधरीले एक हजार ८८५ प्राप्त गरेकाे समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। मतदानमा जम्मा चार हजार ६६२ मत खसेको र त्यसमध्ये ४६ मत बदर भएको थियो।

कांग्रेस विधानअनुसार प्रत्येक प्रदेशबाट तीन जनाका दरले निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये केन्द्रीय सदस्य प्रदेश नं २ का (पुरुष) दुई पदमा यसअघि नै रमेश रिजाल र आनन्दप्रसाद ढुङ्गाना निर्विरोध निर्वाचित भइसकेकी छिन्।

शुक्रबार सबै पदाधिकारीको मतगणना सम्पन्न भएपछि सदस्यको मतगणना सुरु गरिएको हो। आइतबार बिहान १० बजेदेखि खुलातर्फका केन्द्रीय सदस्य ९३५० जनाको मतगणना सुरु हुने समितिले जनाएको छ।

कांग्रेसको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिएकाे थियाे। कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन्।

केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ,आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन,पिछडिएको क्षेत्रबाट एक,अल्पसङ्ख्यकबाट एक,अपाङ्गतताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ।

जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने विधानमा उल्लेख छ।

प्रकाशित: ३ पुस २०७८ ०२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App