२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस सहमहामन्त्रीमा उपाध्याय, परियार र आङ्दाम्बे विजयी

नेपाली कांग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत तीनवटा समावेशी क्लस्टरबाट निर्वाचित सहमहामन्त्रीको विजेता घोषणा गरिएको छ।

महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन्। गत २७ गते भएको निर्वाचनमा दुई हजार ५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा उनी विजयी भएकी हुन्। उनको निकटतम प्रतिस्पर्धी कमला पन्तले दुई हजार १०५ मत ल्याएकी छन्।

यसैगरी दलिततर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी भएका छन्। उनी दुई हजार २१२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी मानबहादुर विश्वकर्माले दुई हजार १७५ र गङ्गा सुनारले २२९ मत प्राप्त गरेका छन्।

त्यस्तै कांग्रेसको जनजाति क्लस्टरअन्तर्गत सहमहामन्त्रीमा भीष्मराज आङ्दाम्बे दुई हजार ७११ मत ल्याएर सहमहामन्त्रीमा विजय भएका छन्। उनका निकटतम प्रतिस्पर्धी विकास लामाले एक हजार ९१३ मत प्राप्त गरेका छन्। आदिवासी जनजातीतर्फ कूल चार हजार ६८१ मत खसेको थियो।

कांग्रेस  सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था रहेकाे छ। अन्य समूहका सहमहामन्त्री उम्मेद्ववारकाे मतगणना कार्य कांग्रेस केन्द्रिय कार्यालय सानेपामा जारी छ।

प्रकाशित: २ पुस २०७८ ०३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App