जुम्ली काँचो स्याउको पहिचना गुम्ने खतरा
जुम्लामा उत्पादित अग्र्यानिक स्याउ काँचो अवस्थामा नै बजारमा देखापरेको छ। राम्रोसँग परिपक्का नहुँदै यहाँको स्याउ किसानसंग मिलेमतोमा गरी व्यापारीले बिक्रीवितरण गर्न थालेका छन्।
जुम्लामा उत्पादित अग्र्यानिक स्याउ काँचो अवस्थामा नै बजारमा देखापरेको छ। राम्रोसँग परिपक्का नहुँदै यहाँको स्याउ किसानसंग मिलेमतोमा गरी व्यापारीले बिक्रीवितरण गर्न थालेका छन्।
मनाङको भ्राताङमा जिल्लाकै ठूलो स्याउ खेती उनकै छ। एग्रो मनाङ प्रालि उनैको हो। उनले ७३५ रोपनी क्षेत्रफलमा स्याउ खेती गरेका छन्।
चन्दननाथ नगरपालिका–८ का हरिबहादुर रोकायाले यो वर्ष ११ हजार स्याउका बिरुवा हुम्ला पठाए। उनले बिरुवा ट्रकमा नेपालगन्ज पठाइसके।
जुम्लाका सबै स्थानीयतहमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यक्रम शुरु भएको छ। यसअघि जिल्लाको चन्दननाथ नगरपालिका, तातोपानी, गुठिचौर र पातारासी गाउँपालिकामा मात्र सञ्चालन भएको थियो।
जुम्ला गुठिचौर गाउँपालिका ५ का मीनबहादुर भण्डारीले उच्च घनत्वको स्याउ ३० हजार विरुवा रोपेका छन्।
मुस्ताङमा गत वर्षको तुलनामा नौ प्रतिशतले स्याउ उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ। कार्यालयका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्ष पाँच हजार १०० मेट्रिकटन स्याउ उत्पादन भएको मुस्ताङमा यस वर्ष पाँच हजार ५६४ मेट्रिकटन स्याउ उत्पादन भएको जानकारी दए।
जुम्ला सिँजा गाउँपालिका ५ का युवा किसान रामसिंह रावलले अहिले सदरमुकाम खलंगामा प्रतिकेजी स्याउको मुल्य १ सय ५१ रुपैयाँमै बेचिरहेका छन्। उनले भने,‘जुम्ली स्याउको स्वाद,कलर,गुणस्तर र स्याउमा पाइने भिटामिनका कारण यो स्याउको मुल्य बढि हुनु कुनै अनौठो होइन। यो मुल्य पनि निकै कम हो।’
शनिबार र आइतवार दुई दिनको अन्तरालमा ३६ कन्टेनर स्याउ नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी एवम् भन्सार अधिकृत नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए।
मुस्ताङको स्याउ काठमाडौँ, पोखरा, बागलुङलगायतका सहरमा पठाउन भ्याइनभ्याई छ। बगैंचामा सङ्कलन गरेर बजारमा पठाउँदा मुस्ताङमै मूल्य प्रतिकिलो रु ८० देखि रु १२५ सम्म पर्छ।
अहिले बगैँचा राताम्य छन्। यहाँका स्थानीयको झोलामा स्याउ छ। खोलामा स्याउ छ। थोलामा स्याउ छ। गाडी र झाडीमा समेत स्याउ नै स्याउ छ। जहाँतही स्याउको सिजन हुँदा जुम्लाको सुरन्दरतामा साथ मिलेको छ।
‘असोज पहिलो साताअघि दाना नटिप्न किसानलाई अनुरोध गरेका छौं। छिटो टिप्दा स्वाद नै हरायो,’ थापाले भने, ‘मुस्ताङी स्याउको पहिचान नै गुम्ने डर भयो।’ थापाका अनुसार किसानले भदौ मध्यदेखि नै स्याउ टिप्न थाल्छन्। बगैंचा नै ठेक्कामा लिएका ठेकेदारले बेला नहुँदै टिपेर बजारमा पठाउँदा स्याउमा वास्तविक स्वाद नपाइने गरेको उनले बताए।
जिल्ला कृषि विकास कार्यालय जुम्लाले भदौ १० गतेअघिसम्म स्याउ नटिप्न हरेक स्थानीय तहमा परिपत्र गर्यो। रंग नचढेको र गुलियाको मात्र नभरिएकोले काँचो अवस्थामा स्याउ नटिप्न आग्रह गर्यो। तर स्थानीय तहले यो परिपत्रको कार्यान्वयन गरेनन्।
हिमालपारिको जिल्ला मुस्ताङको स्याउको पहिचान धेरैतिर छ । चिसो हावापानी भएको भूगोलमा फल्ने भएकोले मुस्ताङमा उत्पादित स्याउले धेरै उपभोक्ताको मन पनि जितेको हो । तर, पछिल्लो समय मुस्ताङी स्याउको स्वाद हराउँदै गएको गुनासो आएपछि पूर्ण रुपमा नपाक्दै स्याउ नटिप्न अनुरोध गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यन्वयन इकाइ अन्तर्गतको जिल्ला परियोजना कार्यन्वयन समन्वय तथा अनुगमन समितिको बैठकले सिमी र स्याउ सुपरजोन कार्यक्रमको कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको हो।
उक्त स्याउ सुर्खेत, नेपालगन्जका बजारसम्म पुगिसकेको छ। स्याउको पुर्णरुपमा कलर भरिएको छैन। गुलियो मात्रमा पनि कम छ। काँचो स्याउ लैजाँदा अमिलो हुने र जुम्ली स्याउको गुणस्तरतामाथि प्रश्न उब्जने खतरा बढेको कृषि प्राविधिकहरु बताउँछन्।