१४ पुस २०८१ आइतबार
image/svg+xml

अखण्ड नेपाल पार्टीका उपाध्यक्ष एमाले प्रवेश

अखण्ड नेपाल पार्टीका उपाध्यक्ष पुष्पा भण्डारी बुधबार नेकपा एमाले प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराए। राष्ट्रियताको सवालमा एमालेको अडान सही भएकाले आफू प्रवेश गरेको उनले बताए।

एमालेको सदस्यताका लागि परीक्षा लिने: उपाध्यक्ष शाक्य

नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संधिधान कार्यान्वयनमा दलहरुको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन्। नेकपा एमाले चितवनले शनिबार भरतपुरस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान कार्यान्वयनमा सरकार गम्भीर नबनेको आरोप लगाइन्।

उपाध्यक्ष न्यौपाने माथि गोली प्रहार गरेको आरोपमा यादव पक्राउ

गोली प्रहार गरेको अभियोगमा रुपन्देही सिपवा–५ बस्ने ३५ वर्षीय बिरेन्द्र यादवलाई प्रहरीले कटुवा पेस्तोल १ थान ,सोको गोली १ राउण्ड र लु.२८ प १२६४ नम्वरको मोटरसाइकल सहित पक्राउ गरेको छ।

सिद्धार्थनगर उद्योग वाणिज्य संघका उपाध्यक्षमाथि गोली प्रहार

भैरहवाको गल्लामण्डीमा केही बेर अघि गोली चलेको छ। सिद्धार्थनगर उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेलाई लक्षित गरी गोली हानिएको हो।

फोरम लोकतान्त्रिकका उपाध्यक्ष चौधरीद्वारा पार्टी परित्याग

मधेसी जनाधिकार फोरम(लोकतान्त्रिक) का केन्द्रिय उपाध्यक्ष तथा पूर्वमन्त्री दान बहादुर चौधरीले पार्टीबाट राजिनामा दिएका छन्। आईतबार गृह जिल्ला कपिलवस्तुमा पत्रकार सम्मेलन गर्दै उनले पद तथा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिएको घोषणा गरे।

महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा अब वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएको छ। महासंघको विशेष साधारण सभाले साबिकको विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेको हो। यस संशोधनपछि वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणा स्वतः अध्यक्ष हुनेछिन्।

महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रस्ताव

नेपाल उद्योग वाणिज्य महासंघले आगामी चैतको अन्तिम साता हुने निर्वाचनलाई ध्यानमा राख्दै अध्यक्षमा सर्वसम्मत बनाउने अभ्यास सुरु गरेको छ। त्यसको लागि महासंघले विधान नै संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रावधान पास गराउन कात्तिक ४ गते विशेष साधारण सभा बोलाएको छ।

चिनियाँ राजदूत र चाइना बुद्धिस्ट ऐशोसियनका उपाध्यक्ष प्राचीन कपिलवस्तुमा

जिवित बुद्धका रुपमा मानिएका चाइना बुद्धिस्ट एशोसियनका उपाध्यक्ष झुकाङ र नेपालकालागि चिनियाँ राजदूत वु चिन्ताई सहितको टोली सोमवबर प्राचीन कपिलवस्तुस्थित चार बुद्ध स्थलको अवलोकन भ्रमण गरेका छन्। लुम्बिनीहुँदै प्राचीन कपिलवस्तुमा आएको सात सदस्यीय टोलीले बुद्धस्थल निग्राधरमा कुदान, गोटिहवा, तिलौराकोट र निगालीकोटको भ्रमण गरेका हो।

संघीय समाजबादी फोरमका खोटाङ पूर्वअध्यक्ष र उपाध्यक्ष नयाँ शक्तिमा

संघीय समाजबादी फोरम नेपाल खोटाङका पूर्वअध्यक्ष सुर्यबहादुर राई र पूर्वउपाध्यक्ष मोहन गुरुङ बाबुराम भट्टराई अध्यक्ष रहेको नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन्। लामो समयदेखि पार्टीमा निस्क्रिया रहेका पूर्वअध्यक्ष र पूर्वउपाध्यक्ष गुरुङ नयाँ शक्तिमा प्रवेश गरेका हुन्। उनीहरुसँगै पार्टीका सचिवालय सदस्य किशोर राई, अगमसिं राईलगायतका नेता तथा कार्यकर्ता नयाँ शक्तिमा प्रवेश गरेका छन्।

एन्फा उपाध्यक्षमा उपेन्द्रमानको उम्मेदवारी

राष्ट्रिय फुटबल टोलीका गोलकिपिङ प्रशिक्षक तथा पूर्व कप्तान उपेन्द्रमान सिंहले सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)को उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। एन्फामा रिक्त अध्यक्ष र एक उपाध्यक्ष पदमा बाँकी कार्यकालका लागि कात्तिक ८ मा चुनाव हुँदैछ।

पूर्वकप्तान सिंहद्वारा एन्फा उपाध्यक्षमा उमेद्वारीको घोषणा

नेपाली राष्ट्रिय फुटबलका पूर्वकप्तान तथा पूर्व गोलरक्षक उमेन्द्रमान सिंहले अखिल नेपाल फुटबल संघ एन्फाको उपाध्यक्ष पदमा आफ्नो उमेद्वारीको घोषणा गरेका छन्।

संविधान संशोधन, संविधान असफल पार्ने षडयन्त्रः उपाध्यक्ष रावल

धनगढी- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान कार्यान्वयन हुन नदिई असफल पार्ने षडयन्त्र अनुरुप अहिले संविधान शंसोधनको कुरा ल्याइएको बताएका छन्। राजनीतिक मुद्दा भनेर सरकारले टीकापुर घटनाका अभियुक्त माथीको मुद्दा फिर्ता लिए देशमा दण्डहिनता मौलाउने पनि उनको भनाई छ।

एन्फा अध्यक्ष र उपाध्यक्षको निर्वाचन गरिने

नयाँ अध्यक्ष र एक उपाध्यक्ष चयनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन कात्तिक ८ मा हुने भएको छ।

योजना आयोगका उपाध्यक्ष खतिवडाद्वारा राजीनामा

काठमाडौँ– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडाले साेमबारदेखि लागू हुने गरी राजीनामा दिएका छन्।

ओली सरकार टिकाउन सबै प्रयत्न गर्छौ: उपाध्यक्ष ज्ञवाली

पर्वत-नेकपा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान सरकार टिकाउन सबै उपाय अवलम्बन गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्