२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

चिनियाँ राजदूत र चाइना बुद्धिस्ट ऐशोसियनका उपाध्यक्ष प्राचीन कपिलवस्तुमा

बुद्ध स्थल निग्रोधराम कुदानकोे अवलोकन गर्दै जिवित बुद्धकारुपमा मानिएका चाइना बुद्धिस्ट एशोसियनका उपाध्यक्ष झुकाङ र चिनियाँ राजदूत वु चिन्ताई।

कपिलवस्तु–जिवित बुद्धका रुपमा मानिएका चाइना बुद्धिस्ट एशोसियनका उपाध्यक्ष झुकाङ र नेपालकालागि चिनियाँ राजदूत वु चिन्ताई सहितको टोली सोमवबर प्राचीन कपिलवस्तुस्थित चार बुद्ध स्थलको अवलोकन भ्रमण गरेका छन्। लुम्बिनीहुँदै प्राचीन कपिलवस्तुमा आएको सात सदस्यीय टोलीले बुद्धस्थल निग्राधरमा कुदान, गोटिहवा, तिलौराकोट र निगालीकोटको भ्रमण गरेका हो।

सोमबार बिहान १० बजे निग्राधराममा टोली पुगेको थियो। त्यसपछि गोटिहवा, तिलौराकोट र निगालीकोट गएको थियो। टोलीलाई लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले बुद्धस्थलको ऐतिहासिक पृष्ठभुमि, महत्व, ऐतिहासिक प्रमाणलगायतका बिषयमा जानकारी गराएका थिए। तिलौराकोट दरबार क्षेत्रमा पैदल मार्गहुँदै उनले ९ महिना अघि संपन्न उत्खनन् र अन्वेशषको स्थलगत निरीक्षण गरेका थिए।

जापानिज फण्ड इन ट्रस्ट, नेशसन जियोग्राफी सोसाइटी अमेरिका र युनेस्को सहयोगमा ३ वर्षदेखि तिलौराकोटमा उत्खनन् गरिएको थियो। टोलीले उत्खनन्को उपलब्धि र अवस्था बारे जनकारी लिएको थियो। टोलीलाई उत्खनन् र अन्वेशको उपलब्धि, प्राप्त प्रमाण, ऐतिहासिक पृष्ठभूमिलगायतका बिषयमा जानकारी गराइएको थियो। टोलीले तिलौराकोटको मुख्य दरबार, पश्चिमी र पूर्वी द्वार, संपन्न भएको उत्खनन् क्षेत्रको स्थलगत अवलोकन गरेका थियो।

 

बुद्धस्थलको अवस्थाप्रति टोलीले चिन्ता ब्यक्त गरेको थियो। कुदानबाट गोटिहवा जानेक्रममा बाटोघाटाको असुबिधा, हिलाम्य बाटोले गर्दा त्यहा पुग्न टोलीलाई समस्या भएको थियो।  भ्रमण सकेर फर्कनेक्रममा तिब्बत बुद्धिस्ट एशोसियशनका अध्यक्षसमेत रहेका झुकाङले  सचारकर्मीलाई प्रतिक्रिया दिँदै बुद्धस्थलको ठोस विकासकालागि योजनाबद्ध रुपमा  अगाडि बढ्नु पर्ने बताए। तीनवटा बुद्धहरुको जन्मथलोमा पाइला टेक्न पाएकोमा आफू धन्य भएको भन्दै उनले प्राचीन कपिलवस्तुमा रहेको बुद्धस्थलको विकासकालागि हातेमालो गर्ने बताए। ‘यँहाका बुद्धस्थलको विकासकालागि हामी सहयोग गर्र्न तयार छौ्र,’ उनले भने।

राजूदत वु चुन्ताईले आफ्नो देशमा रहेको करौडा बुद्धमार्गी  प्राचीन कपिलवस्तुमा आउन लालाहित रहेको बताए। शान्तिका अग्रदुत तथा करोडौंका आस्थाका केन्द्र रहेको बुद्धस्थलमा आउन पाउनु नै गौरवको कुरा रहेको भन्दै उनले चीन सरकार बुद्धस्थलको विकासकालागि सहयोग गर्र्न तयार रहेको बताए। निग्रोधरामा कुदान बुद्धले बुधत्व प्राप्त गरेपछि आफ्ना आमा बुवा, श्रीमतीलाई भेटेर देशना दिएको स्थानका रुपमा मानिएको छ।

यस्तै तिलौराकोटलाई बुद्धका पिता राजा सुद्धोदनको राजप्रसाद र बुद्धको क्रिडास्थल, गोटिहवालाई कनकमुनी र निगालीकोटलाई कनकमुनी बुद्धकारुपमा मानिएको छ। गोहिटवा र निगालीकोटमा सम्राट अशोकले गाडेको स्तम्भ रहेका छन्। भ्रमणकारी टोली सोमवार नै काठमाडौं फर्किएको छ। 
 

प्रकाशित: २४ आश्विन २०७३ १३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App