२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

अखण्ड नेपाल पार्टीका उपाध्यक्ष एमाले प्रवेश

काठमाडौं— अखण्ड नेपाल पार्टीका उपाध्यक्ष पुष्पा भण्डारी बुधबार नेकपा एमाले प्रवेश गरेकी छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराए। राष्ट्रियताको सवालमा एमालेको अडान सही भएकाले आफू प्रवेश गरेको उनले बताए।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले देश विखण्डन हुन नदिन एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले देश विखण्डन हुन नदिन एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। संविधान सभाको दोस्रो चुनाबमा अखण्ड नेपाल पार्टीले समानुपातिकतर्फ ३६ हजार मत पाएको थियो।

पार्टी प्रवेश समारोहमा उपस्थित एमाले सचिव प्रदीप ज्ञवालीले मधेसी मोर्चाले फाँसीवादी चरित्र देखाएकोले अब तराईमा एमालेले समुन्द्रको छाल सृष्टि गर्ने बताए। 'मधेसवादी दलहरु निषेधको राजनीति गर्न खोज्दैछन्। यो चिर्न एमालेले मधेसमा अभियान सञ्चालन गर्छ', उनले भने।

प्रकाशित: १९ माघ २०७३ ०९:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App