१७ पुस २०८१ बुधबार
image/svg+xml
अन्य

जंगम र दाहाल रिहा

साई स्वागत सहकारीको ठगी आरोपमा पक्राउ परेका अध्यक्ष र कोषाध्यक्ष रिहा भएका छन्।

अध्यक्ष भरत जंगम र कोषाध्यक्ष लुमन दाहाल आइतबार साँझ रिहा भएका हुन्। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार उनीहरू यसअघि नै हाजिरी जमानीमा रिहा भएका हुन्।

उनीहरूले पीडितहरूको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्। सहकारी ठगीको मुद्दामा जुनसुकै तहमा पनि मिलापत्र गर्न सक्ने नयाँ व्यवस्था सरकारले गरेको थियो।

उनीहरू गत पुस ७ गते पक्राउ परेका थिए। 

प्रकाशित: १४ पुस २०८१ २१:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App