५ आश्विन २०८१ शनिबार
image/svg+xml

आर्थिक वृद्धि ३.१ प्रतिशत हुने प्रक्षेपण

सरकारले बजेटमा चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धि ६ प्रतिशत हुने लक्ष्य राखेको भए पनि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले ३.१ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ।

हराएका २ सय ५२ मोटरसाइकल सम्बन्धित व्यक्तिलाई जिम्मा लगाइयो

कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा फेला परेका दुई सय ५२ सवारीसाधन सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

छ महिनामा तीन हजार पैँतालिस लागुऔषध कारोबारी पक्राउ

उक्त अवधिमा दुई हजार सात सय ५८ पुरुष र एक सय ४४ जना महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला पक्राउ परेका हुन्।

स्थानीय तहको पुँजीगत खर्च निराशाजनक, १५ प्रतिशत पनि कटेन

पुस मसान्तसम्ममा यहाँका स्थानीयतहले पुँजीगत खर्चको हिस्सा समग्रमा १५ प्रतिशत कटाउन सकेका छैनन्। चार नगर र चार गाउँपालिका रहेको उदयपुरमा चालु र पुँजीगतको समग्र खर्च प्रतिशत पनि ४० नाघेको छैन।

सेनिटरी प्याडमा खेलाँची

यस अर्थमा निकै राम्रो सुरुवात भन्नुपर्छ यसलाई। तर सेनिटरी प्याड कति चाहिन्छ भन्ने अनुमान, खरिद, व्यवस्थापन र वितरण जस्ता विषयमा जिम्मेवारी तोकिएकाहरू वास्तवमै जिम्मेवार नहुँदा थुप्रै समस्या देखिएको छ।

अर्थमन्त्री डा.महतद्वारा लक्ष्यअनुसार राजश्व उठाउन नसकेको स्वीकारोक्ति

डा. महतले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताए। उनले राजश्व केही वृद्धि भए पनि लक्ष्यअनुसार उठ्न नसकेको स्वीकार गरे।

नीति तथा कार्यक्रम र बजेटलाई सकेसम्म जनमुखी बनाउँछौँः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

सरकारले आगामी आर्थिक वर्षको बजेट जनताको प्रत्यक्ष निगरानीमा बनाउनेछ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको प्रत्यक्ष निगरानीमा सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने बताएका छन्।

सरकारी लक्ष्यभन्दा कम आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले बुधवार सार्वजनिक गरेको ‘विश्वव्यापी आर्थिक सम्भावना’ प्रतिवेदनअनुसार नेपालले चालू आवमा आर्थिक वृद्धिदर सरकारको लक्ष्य अनुसार पूरा गर्न नसक्ने प्रक्षेपण गरेको हो।

वीर अस्पतालको बेहाल

आर्थिक अभावकै कारण अस्पतालका सेवा प्रभावित भएका छन्। एकातिर क्षमता विस्तार गर्नुपर्ने र अर्कातिर बजेट कम हुनाले मुलुककै जेठो अस्पताल वीर बेहाल अवस्थामा पुगेको हो।

साढे ५ वर्षमै १३ खर्बले बढ्यो सार्वजनिक ऋण

आव २०८०/८१ को मंसिरको मसान्तसम्मको अवधिमा कुल सार्वजनिक ऋणको दायित्व २३ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्